• ११ पुस २०८१, बिहिबार

कालिञ्चोक भगवतीमा दर्शनार्थी घटे

blog

दोलखा समाचारदाता

दोलखा, असोज ३० गते । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महìव मात्र होइन, पर्यटकीय महìवसमेत बोकेको दोलखाको कालिञ्चोक भगवतीमा बडादसैँका अवधिमा गत वर्षभन्दा आधा दर्शनार्थीले मात्र दर्शन गरेका छन् । कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासका साथ घटस्थापनादेखि पूर्णिमासम्ममा १० हजार एक सय श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेको बताइन्छ । 

कालिञ्चोक दर्शन लि.का सन्देश शिवाकोटीका अनुसार घटस्थापनादेखि सोमबारसम्ममा पाँच हजार एक सयले केबुलकारबाट सेवा लिएका छन् । केबुलकारमा पालो नपाएपछि आधाभन्दा बढी पैदल यात्रा गर्न बाध्य भएका थिए । कुरीका होटल व्यवसायी नवराज पाख्रिनले भन्नुभयो, “केबुलकार चढ्न नपाएपछि पाँच हजार जनाले पैदल यात्रा गरी कालिञ्चोक भगवतीको दर्शन गरे । गत वर्ष २० हजारले दर्शन गरेकोमा यस वर्ष अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध सडक राम्ररी खुल्न नसक्दा श्रद्धालु भक्तजन घटेका हुन् ।” 

यहाँ जनैपूर्णिमा, कृष्णाष्टमीसमेतमा विशेष मेला लाग्ने गर्छ । मेलामा धामीझाँव्रmीको ठुलो भिड हुने गर्छ भने अन्य भक्तजन पनि छोराछोरी, धनसम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासी बताउँछन् । 

यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्छन् । 

चरीकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सयौँ होटल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ । महìवपूर्ण र सुरक्षित, धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीय सरकार लागेको छ । कालिञ्चोकमा केबुलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरूमा लगानी थपिँदै गएको छ । आसपासका सुन्द्रावती, लापिलाङ र कालिञ्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिन थालेका छन् । हराभराका लागि वृक्षरोपण पनि गरिने गुरुयोजना बनेको छ । काठमाडौँतिरबाट त आवतजावत छँदै छ, अब दक्षिणतिर झापाबाट समेत आवतजावत गर्न प्याकेजका रूपमा व्यवस्था मिलाउन लागिएको कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले जानकारी दिनुभयो । 

केबुलकार नचढ्दा पनि कुरी बजारदेखि उकालो करिब एक घण्टा पैदलयात्रा गरी कालिञ्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ । कालिञ्चोक भगवती दोलखा जिल्लाको रमणीय एवं धार्मिक हिसाबले महìवपूर्ण स्थानका रूपमा परिचित छ । कालिञ्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाम देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् ।

कच्ची मोटरबाटोमा जिप, गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुक्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन । चरीकोटबाट करिब एक घण्टाको हिँडाइपछि देउराली भन्ज्याङ पुगिन्छ । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ । यातायात नचल्दा करिब पाँच घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ होटल धेरै खुलिसकेका छन् । हिउँदमा मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ तर बाटो निकै जोखिमपूर्ण छ । ढुङ्गा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि करिब तीन घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मजा छ ।