• ११ मंसिर २०८१, मङ्गलबार

डुबेर बालिकाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, असोज २९ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिका १ हात्तीढुङ्गामा डुबेर एक बालिकाको मृत्यु भएको छ । चिरुवा खोलामा नुहाउने क्रममा डुबेर बागमती–१ हात्तीढुङ्गाकी १३ वर्षीया रुविना तामाङको मृत्यु भएको हो । 

सोमबार दिउँसो चिरुवा खोलामा रुविनासहित तीन जना बालिका नुहाउन गएका थिए । नुहाउने क्रममा रुविना खोलामा डुबेकी हुन् । रुविना डुबेसँगै उहाँको बहिनी एलिना तामाङले हजुरआमा र हजुरबुबालाई खबर गरेपछि रुविनालाई खोलाबाट निकालिएको थियो । रुविनालाई तत्कालै उपचारका लागि बागमतीको झुरझुरेस्थित क्लिनिकमा लगिएकोमा उहाँको उपचार गर्ने क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

बालिकाको शव सोमबार राति नै पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । ललितपुर घर भई रुविना हाल मामाघरमा बस्दै आएकी थिइन् ।