नेपाल–चीनबिच औद्योगिक तथा पूर्वाधार विकासदेखि गरिबी निवारणसम्मको सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबिच विभिन्न समझदारी भएको छ ।
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चारजना पक्राउ परेका हुन् ।
साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो ।
‘विगतका कमजोरीलाई दोहोरिन नदिन सहकारी ऐन संशोधन आवश्यक’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढङ्गले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताउनुभएको छ ।
सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव
नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्कोतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी आएको छ ।
निर्माण व्यवसायीसहित सरकारले २० कम्पनीलाई राख्यो कालो सूचीमा
सरकारले २० वटा निर्माण कम्पनी तथा व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसयी तथा कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ ।
सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
सुनको मूल्य प्रतितोला रू. एक हजारले बढेको छ । सोमबार प्रतितोला रू. एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ककनीमा स्ट्रबेरी खेती
नुवाकोट, मङ्सिर १८ गते । नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ओख्लेमा स्थानीय किसानले गरेको व्यावसायिक स्ट्रबेरी खेती । यहाँ स्ट्रबेरी प्रतिकिलो रु. ६०० देखि रु. एक हजारसम्ममा खरिद बिक्री भइरहेको छ । तस्बिरः रासस
‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
महिलालाई प्रत्यक्ष चुनाव लड्न आर्थिकसँगै अरु के छन् चुनौती ?
महिला राजनीतिज्ञलाई प्रत्यक्ष चुनाव लड्न आर्थिक समस्या हुने गरेको सरोकारवालाहरुले औंल्याएका छन् ।
लामिछानेका घोषणा कार्यान्वयनविहीन
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्दा घोषणा गरेका कुनै पनि कार्यक्रम अगाडि नबढेकोमा निराशा व्यक्त गरेका छन् ।
‘समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उहाँहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : मध्यराति पर्यटनमन्त्रीद्वारा अवलोकन
मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो ।
पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण
जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।
झ्याउरे लयको प्रवर्धन गर्न जोड
नेपाली मौलिक झ्याउरे छन्दलयको प्रवर्धन गर्ने उद्देश्यसहित झ्याउरे लयबारे चर्चा गरिएको छ ।
एकासी हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ हजार १६६.८ मेट्रिक टन (८१ हजार ६६८ क्विन्टल) धान खरिद गरेको छ ।
‘क्रेडिट रेटिङको नतिजाले लगानी बढाउने’
सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को नतिजाले नेपालमा थप बाह्य लगानी बढाउने वातावरण बनाएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ ।
हाम्रो पे वालेटमा पाँच सय बढी सहकारीको खाताबाट रकम लोड गर्न सकिने
अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैङ्क र डिजिटल वालेट ‘हाम्रो पे’ बिच यसका लागि सम्झौता भएको हो ।
अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गर्नुपर्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताउनुभएको छ ।
सधैँ महँगो भान्सा
गत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ ।
अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्दै आविष्कार केन्द्र
महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ ।
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उपराष्ट्रपति यादवद्वारा अपाङ्गता दिवसको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गर्नुभएको छ ।