राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।
फोटो प्रदर्शनी सुरु
नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच ऊर्जा क्षेत्रमा भएको पाँच दशकको साझेदारीका क्रममा गरिएको कार्यलाई फोटो प्रदर्शनमार्फत प्रस्तुत गरिएको छ ।
‘हरर’ विधामा बन्यो चलचित्र ‘मम्मी’
समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गर्नुभएको छ । नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम बन्ने गरेका छन् ।
सार्वजनिक ऋण परिचालन : विषयगत प्रश्नोत्तर
१. बाध्यात्मक वैदेशिक रोजगारीको विकल्प भनेको पर्याप्त आन्तरिक रोजगारी सिर्जना नै हो भन्ने गरिन्छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपालको क्रिकेट इतिहासमा पहिलो पटक आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) मा कति टिमको सहभागिता रहेको छ ? आठ – सञ्चालन मिति : विसं २०८१ मङ्सिर १५ देखि पुस ६ ।
आज देशभरको मौसम सफा रहने
बुधबार देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
‘बिचौलिया कानुन व्यवसायीको समीपमा’
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले कतिपय कानुन व्यवसायीको समीपमा बिचौलिया रहेको आरोप लगाउनुभएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै
अमेरिकाका सहायक विदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउनुहुने भएको छ ।
बढे हवाई पर्यटक
सन् २०२४ को ११ महिनामा हवाई मार्गबाट १० लाख ५५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
आपराधिक गिरोहसँग दुर्गा प्रसाईंको सम्बन्ध !
भारतीय आपराधिक गिरोह ‘लरेन्स विस्नोई’ को नाम लिएर नेपालका व्यवसायीहरूलाई ज्यान मार्ने धम्की दिने झापाका हरिसचन्द्र फुयाँल र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिच प्रहरीले निरन्तर सम्पर्क रहेको फेला पारेको छ ।
समृद्धिको यात्रामा चीनको साथ
नेपालसँग चीनले रणनीतिक विकास साझेदारका रूपमा साथै अघि बढ्न चाहेको प्रस्ट पारेको छ ।
जनप्रतिनिधिको कामप्रति जनता सन्तुष्ट देखिएनन् : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपनिर्वाचनको परिणामले जनप्रतिनिधिहरुको कामप्रतिको असन्तुष्टि प्रकट भएको बताउनुभएको छ । स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पोखरेलले मंगलबार सो विचार सार्वजनिक गर्नुभएको हो ।
टिकटकले छ हजार ७८ नेपाली भिडियो हटायो
टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट भएका छ हजार ७८ भिडियो हटाएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।
निर्वाचनपछिको प्रतिक्रिया: मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताको भरोसा
राजनीतिक दलका नेताहरूले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले फेरि पनि मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताले भरोसा गरेको प्रतिक्रिया दिनुभएको छ ।
एडिबी–नेपाल साझेदारीको पाँच दशक फोटो प्रदर्शनी
नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)बिच ऊर्जा क्षेत्रको विकासमा भएको पाँच दशक लामो साझेदारीको अवसरमा फोटो प्रदर्शनी आयोजना भएको छ।
ललितपुरमा मेयर कप ब्याडमिन्टन सुरु
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।
सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभएको छ ।
संसद् अधिवेशनका लागि सांसद नै तयार देखिनुहुन्न : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ ।
नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ ।
प्रधानमन्त्री ओली–एनपिसी अध्यक्ष भेटवार्ता
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबिच भेटवार्ता भएको छ ।
‘अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुख्खायाममा प्राधिकरणले विद्युत माग पूरा गर्न सक्दैन : निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।