• २५ माघ २०८१, शुक्रबार

नारायण र प्रतीक्षाको ‘औधि मन पराएँ’ सार्वजनिक

blog

गाेरखापत्र अनलाइन

काठमाडाैं, माघ २५ गते । नेपाली गीतसङ्गीतको क्षेत्रमा विगत करिब दुई दशकदेखि सक्रिय चर्चित गायक नारायण थापा र लोकप्रिय गायिका शर्मिला बर्देवाको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘औधि मन पराएँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘जि मिडिया कनेक्सन युट्युब च्यानल’ मार्फत सार्वजनिक गरिएको हो । 

नयाँ पुस्ताकी मोडल प्रतीक्षा काफ्ले र प्रज्वलराज भट्टको बेजोड अभिनय रहेको गीतमा हर्कबहादुर योंगहांग लिम्बूको शव्द, राजेन्द्र बजगाईको सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ मास्टरिङ छ । सुबिन गोदारको छायाङ्कन र राकेश दाहालको सम्पादन रहेको उक्त भिडियाको निर्देशन प्रकाश धितालले गर्नुभएको हो । भिडियोमा एक प्रेमिल जोडीले एक–अर्कालाई मनमनै मन पराएको तर त्यो अभिव्यक्त गर्न नसकेको कथावस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । 

यस्तै, मोडलहरूको भिडमा पृथक् पहिचान बनाउन सफल प्रतीक्षाले हालसम्म तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो कला देखाइसक्नुभएको छ।