• २५ माघ २०८१, शुक्रबार

तीन दिनमा ३९ प्रतिशत किशोरीले लगाए एभपिभी खोप

blog

काठमाडौं, माघ २५ गते । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा तीन दिनमा ३९ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भएको तेस्रो दिन ३९.४६ प्रतिशत अर्थात् छ लाख ६१ हजार छ सय किशोरीले एचपिभी खोप लगाएका हुन ।

प्रदेश अनुसार कोशी प्रदेशमा एक लाख दुई हजार ९६९, मधेश प्रदेशमा ७३ हजार ३९२, बागमती प्रदेशमा एक लाख ३८ हजार १४६ किशोरीले खोप लगाएका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशमा ५६ हजार, लुम्बिनी प्रदेशमा एक लाख ४३ हजार ३४, कर्णाली प्रदेशमा ४५ हजार ४४१, सुदूरपश्चिम प्रदेशमा एक लाख दुई हजार ६२६ किशोरीले एचपिभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपिभी खोप अभियान सञ्चालन गरिरहेको छ ।

एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।