शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २५ गते । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला रु. एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु. एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. पाँच बढेको छ । आज चाँदी प्रतितोला रु. एक हजार ९८५ मा किनबेच हुनेछ । रासस