विकासलाई राजनीतिभन्दा माथि राखेर हेर्न आवश्यकः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ ।
अध्यादेशले जनताको समस्या सम्बोधन गर्न सक्दैन : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशमा जनता नभई स्वार्थ समूहको हित हेरिएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको शून्य समयः सांसदद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गर्नुभएको छ ।
नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गर्नुभएको छ ।
ग्यास सिलिन्डर विस्फोट : सात जना आइसियूमा
काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएकाहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
चिकित्सकको मागप्रति सरकार सकारात्मक
आन्दोलनरत आवासीय चिकित्सकको मागप्रति सरकार सकारात्मक बनेको छ । सरकारी चिकित्सक सहर सेवासुविधा माग गर्दै आन्दोलन गरिरहेका आवासीय चिकित्सकको माग प्रति सरकार सकारात्मक बनेको हो ।
राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठक : अध्यादेश प्रस्तुत नगरिने
अध्यादेश हटाइएको र संशोधित कार्यसूची आउन बाँकी रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीलेलाई बताउनुभयो ।
बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण
बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो ।
'कांग्रेसले अध्यादेशको समर्थन गर्छ'
सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो ।
अदालतको आदेशपछि फोहोर सङ्कलन कार्य स्थगित
उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी गरेसँगै बिहीबारबाट हेटौँडा उपमहानगरपालिकाले फोहोर नउठाउने भएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै फोहोर नउठाउने जानकारी दिएको हो ।
आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने
आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लेजर पोर्ट नेपालले यसबारे जानकारी गराएको हो ।
प्रतिनिधि सभा बैठक
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
हनी ट्रयापमा संलग्न व्यक्ति पक्राउ
हनी ट्रयापमा संलग्न रहको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य रहेका छन् ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनी मूलक सन्देश छाप्नुपर्ने
। सुर्तीजन्य पदार्थमा शत प्रतिशत भागमा चेतावनी मूलक सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतनावनी मूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१ स्वीकृत गरेसँगै यो नियम लागू हुने भएको हो ।
‘बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्याउने’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
बढ्यो सुनचाँदीको मूल्य
स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
टिपर दुर्घटनामा चालकको मृत्यु
मकवानपुरको मकवानपुरगढी–७, खोटारमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चौथो यले दोङ बास्केटबल प्रतियोगिता माघ २८ मा
किराँतहरुको नयाँ वर्ष यले दोङ ५०८५ (यलम्वर संवत) को अवसरमा यही माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
काँग्रेस संसदीय दलको बैठक सुरु
सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।