• २४ माघ २०८१, बिहिबार

आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ २४ गते । आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लेजर पोर्ट नेपालले यसबारे जानकारी गराएको हो ।

महिलाहरूको स्वास्थ्य एवम् फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ मा ‘काठमाडौं पिंक केयरएथन’ गर्ने बताएको छ । काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ ।

केयरएथनमा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउनसक्ने बताइएको छ । घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई पिंक केयरएथनमा यसपटक २५ सयदेखि तीन हजार महिला सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु केयरएथनको उद्देश्य रहेको बताउनुभयो ।

कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्बास्डर घोषणा गरिएको छ ।