• २४ माघ २०८१, बिहिबार

बढ्यो सुनचाँदीको मूल्य

blog

काठमाडौँ,  माघ २४ गते । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. एक हजार ६०० ले बढेर रु. एक लाख ६८ हजार ५०० कायम भएको छ ।    

छापावाला सुन बुधबार प्रतितोला रु. एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु. एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु. एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु. पाँचले बढेको हो । रासस