• २४ माघ २०८१, बिहिबार

ग्यास सिलिन्डर विस्फोट : सात जना आइसियूमा

blog

कीर्तिपुर बर्न अस्पताल

काठमाडौं, माघ २४ गते । काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएकाहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते ११ जनामध्ये सात जनालाई अस्पताल पुर्‍याउन साथ आइसियूमा राखेर उपचारगरिएको अस्पतालका निर्देशक डा.निजीना ताम्रकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य चार जनाको भने वार्डमा उपचाररत हुनुहन्छ । उहाँ भन्नुहुन्छ, “घाइते भएर ल्याइएका ११ जनामध्ये सात जनाको आइसियूमा र चार जनाको वार्डमा उपचार भइरहेको छ ।”

डा. ताम्रकारका अनुसार धेरै जनाको ४०/५० प्रतिशत भाग जलेको हुँदा घाइतेहरूको अवस्था जटिल छ । घाइतेहरूको पहिलो चरणको ड्रेसिङ भइरहेको ताम्रकारले जानकारी दिनुभयो ।