सहरी विकास मन्त्रालयको सचिवमा सिग्देल
सहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त हुनुभएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि सहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।
नेपालमा एकल महिलाको सङ्ख्या नौ लाख ९७ हजार ६६२
राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन ‘डाटा पोर्टल’ सञ्चालनमा
राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ । कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरूलाई थप उपयोगी र परिष्कृत गर्ने उद्देश्यले कार्यालयले सोमबार एक समारोहका बिच पोर्टल सार्वजनिक गरेको हो ।
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन
वि.सं. २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनर्निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ ।
नुवाकोट २ को वडाध्यक्षमा माओवादी केन्द्रका घिमिरे निर्वाचित
नुवाकोटको ककनी गाउँपालिका–२ मा को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।
चितवनमा कांग्रेस र एमालेबिच दलीय संयन्त्र गठन
जिल्लामा नेपाली कांग्रेस र एमालेबिच दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार उक्त संयन्त्र गठन गरिएको हो ।
'शिक्षामा बालबालिकाको सहज पहुँच आवश्यक छ'
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार भएकाले यसलाई अझै प्रभावकारी बनाउन आवश्यक सुझाव दिन आग्रह गर्नुभएको छ ।
नागरिक लगानी कोषको शाखा कार्यालयबाट आवास र सरल कर्जा
नागरिक लगानी कोषका सहभागीले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयबाट सहभागीहरूलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोक्नुभएको छ ।
आठ प्रहरी नायब महानिरीक्षक दर्ज्यानी चिह्नद्वारा सुशोभित
नेपाल सरकार गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका आठ जना प्रहरी नायब महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनुभएको छ ।
नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा विदेशी लगानीकर्तालाई आह्वान
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताउनुभएको छ ।
नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण अभियान सुरु गरिने
सरकारले नसर्ने रोग नियन्त्रण गर्न परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गर्नुभएको हो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो ।
गृहमन्त्री लेखकले घटाए ‘भिभिआइपी’ बिदाइ र स्वागतमा पदाधिकारी सङ्ख्या
गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ ।
सुनको मूल्य तोलामा १२ सयले घट्यो
आज सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सयले घटेको छ ।
प्रधानमन्त्री नेतृत्वको टोली चीन प्रस्थान (फोटो फिचर)
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन नेतृत्वको टोली त्यता प्रस्थान गरेको हो ।
कीर्तिपुर ४ मा बानियाँ विजयी
कीर्तिपुर नगरपालिका वडा नं ४ मा राजेन्द्र बानियाँ विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार बानियाँले ७४२ मत प्राप्त गर्नुभएको छ ।
कीर्तिपुर १ मा महर्जन विजयी
कीर्तिपुर नगरपालिका वडा नं १ मा इच्छाकुमार महर्जन विजयी हुनुभएको छ । नेपाली काँग्रेस उम्मेदवार महर्जनले नेकपा (एमाले)का उम्मेदवार हर्ष महर्जनलाई पछि पार्दै विजयी हुनुभएको हो ।
भरतपुर महानगरपालिका
नेपालमा छ वटा महानगरपालिका छन् ।
हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि उत्पादन गर्ने
हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो ।
एनपिएलः काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् ।
काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनु भएका छन् ।
फेरियो कार्यविधि भिभिआइपी बिदाइको लाम घट्ने
अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ ।
दातृनिकायको सहयोग बालुवामा पानी
नेपालमा एचआइभी/एड्स नियन्त्रणमा लगानी गरे अनुसारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै सरोकारवालाले आक्रोश व्यक्त गरेका छन् ।