उपनिर्वाचन : हेटौँडामा मतदान केन्द्र निर्माण धमाधम
हेटौँडाको दुई मतदान स्थलमा मतदान केन्द्र निर्णयको काम धमाधम भइरहेको छ । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन हुँदै छ ।
स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा
स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बिआरआई सहमतिमै अघि बढ्छ: परराष्ट्रमन्त्री डा. राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान
र्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
शिक्षक सङ्घका पूर्व अध्यक्ष ज्ञवालीको निधन
नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहनप्रसाद ज्ञवालीको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ८ः३० बजे काठमाडौँको धापासीस्थित हरिहर मन्दिरको सिँढीमा लडेर गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई महाराजगन्ज वृत्तबाट खटिएको प्रहरी र स्थानीयले उद्धार गरी शिक्षण अस्पताल पुर्याएका थिए ।
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । चीनको तीन दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो ।
पीडामा रहेकालाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरूलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ ।
दाङमा लैङ्गिक हिंसाका घटनामा वृद्धि
दाङमा लैङ्गिक हिंसाका घटना वृद्धि भएका छन् । विगत चार वर्षको अवधिमा भएका अपराध तथा हिंसाका घटनाको तथ्याङ्कले पछिल्लो समय जिल्लामा लैङ्गिक हिंसासम्बन्धी घटनाहरु वृद्धि भएको देखाएको छ ।
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित
किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमचितुवा’ सम्मानित हुनुभएको छ ।
आलु खन्दै किसान
काभ्रेपलाञ्चोक, मङ्सिर १४ गते । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ३ दमारका किसान बारीमा फलाएको आलु खन्दै । आलुले राम्रो बजार पाएको स्थानीय किसान बताउँछन्। तस्बिरः रासस
देश विकासको आधार
नेपालको कृषि, पर्यटन र जलविद्युत् राज्यका प्रमुख स्रोत हुन् ।
बलिहाङ राजा
प्राचीन समयमा किराँत समुदायका राजा बलिहाङ थिए । राजा बलिहाङ भौतिक रूपमा शक्तिसम्पन्न थिए ।
ट्रिनाले हुँदै टेट मोर्डन यात्रा
जेठको उराठलाग्दो समय । त्यसमाथि २०५८ जेठ १९ को दरबार हत्याकाण्डले मुलुकमा अन्योल र आशङ्काको बादल मडारिएको थियो ।
उपनिर्वाचनको तयारी अन्तिम चरणमा
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
बाला चतुर्दशीमा शतबीज छर्नेको भिड (फोटो फिचर)
आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन। हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन्।
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ ।
सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग [एनपिएल] फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ ।
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ ।
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ ।
जलविद्युतकाे लगानी स्वीकृत
लगानी बोर्डको बिहीबारको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।
भ्रष्टाचार मुद्दामा सफाइ
विशेष अदालतले पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढासहित छ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । पशु वधशाला निर्माण अनियमित प्रकरणमा अदालतले उनीहरूलाई सफाइ दिएको हो ।
नक्कली यौनजन्य औषधी बिक्री गर्ने गिरोह पक्राउ
प्रहरीले नक्कली यौनजन्य यार्सागुम्बा औषधी उत्पादन तथा बिक्री वितरण गरी ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ
प्रम ओली र राष्ट्रपति सीबिच वार्ता हुने
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ ।
रवि लामिछानेसँग बयान जारी
सहकारीको रकम हिनामिनाको आरोप लागेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौँ सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।