काठमाडौं, माघ २२ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपियाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपियाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो ।
युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपियाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रूपियाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रूपियाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रूपियाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रूपियाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रूपियाँ ४३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिदर ८५ रूपियाँ ४५ पैसा र बिक्रीदर ८६ रूपियाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रूपियाँ ७२ पैसा र बिक्रीदर ९५ रूपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय एक रूपियाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रूपियाँ १८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रूपियाँ र बिक्रीदर नौ रूपियाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपियाँ २० पैसा र बिक्रीदर १९ रूपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रूपियाँ ११ पैसा र बिक्रीदर ३७ रूपियाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रूपियाँ १८ पैसा र बिक्रीदर ३८ रूपियाँ ३५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपियाँ नौ पैसा र बिक्रीदर चार रूपियाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपियाँ ९० पैसा र बिक्रीदर ३८ रूपियाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपियाँ ११ पैसा र बिक्रीदरट ३१ रूपियाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रूपियाँ ४९ पैसा र बिक्रीदर नौ रूपियाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपियाँ ३९ पैसा र बिक्रीदर १२ रूपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपियाँ १० पैसा र बिक्री दर १९ रूपियाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपियाँ ८६ पैसा र बिक्रीदर १७ रूपियाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रूपियाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रूपियाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रूपियाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रूपियाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रूपियाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रूपियाँ १३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपियाँ एक सयको खरिदर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस