तारकेश्वर तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । मङ्सिर १८ गते देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ विधाका विभिन्न इभेन्टमा सामुदायिक र संस्थागत गरी जम्मा ५३ विद्यालयबाट तीन हजार ४५४ जना विद्यार्थी खेलाडी सहभागी हुने छन्।
दुई हजारभन्दा बढीमा एचआइभी पुष्टि
आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
रवि लामिछानेको आजको बयान सकियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो ३ः३० बजेबाट आजका लागि बयान सकिएको हो ।
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ । वातावरण विद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् । ‘एयर क्वालिटी इन्टेक्स’ का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सय ५५ एक्युआइ छ । यो समाचार तयार गर्दासम्मको अवधिमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।
उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूत सिरिसोर्नको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्नले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो ।
आगो, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
पाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न काठमाडौंमा भेला भएका छन् ।
रामेछापमा फोर्स गाडी दुर्घटना : पाँचको मृत्यु, तीन जना घाइते
रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ सिमलडाँडामा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान
प्रधान सेनापति महारथी अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति हुनुभएका उपरथी प्रदीपजंग केसीलाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
बागमती नदीमा छाडियो मेलम्चीको पानी
बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।
राष्ट्रपतिसमक्ष श्रीलङ्का र जापानका राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शना के. पाथिरानाले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ : अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. राणा छन्दुस्थित महावाणिज्यदूतावासमा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गर्नुभयो । त्यस अवसरमा उहाँलाई महावाणिज्यदूत सुरेश राउत र त्यहाँका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
करेन्ट लागेर प्रजाको मृत्यु
मकवानपुर मनहरी गाउँपालिका –८ बस्ने एक जनाकाे करेन्ट लागेर मृत्यु भएको छ । सो पालिका बस्ने वर्ष ३८ का मङ्गलसिं प्रजाको शुक्रबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतितोला एक हजार छ सयले बढ्यो सुनको मूल्य
नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको छ ।
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरु यथावत राखेको हो ।
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिनुभएको छ ।
अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
हेटौँडा उपमहानगरपालिका–६ मा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
आलु खन्दै किसान
काभ्रेपलाञ्चोक, मङ्सिर १४ गते । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ३ दमारका किसान बारीमा फलाएको आलु खन्दै । आलुले राम्रो बजार पाएको स्थानीय किसान बताउँछन्। तस्बिरः रासस
फोहोरबाट मोहोर कमाउँदै
स्थानीय तहलाई दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न चुनौती भइरहेको समयमा चितवनका दुई पालिकालाई भने आम्दानीको स्रोत बनेको छ । सहरबजार तथा विभिन्न स्था
मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ ।
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)मा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिले अब कार्बन व्यापारको बजार सुश्चित
कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’
प्रकाश तिवारीद्वारा लिखित उपन्यास ‘९६ गड्डी’ भित्र पात्रहरूको भावनालाई कवितामार्फत प्रस्तुत गरिएको सृजनाको एक हरफ हो यो । उपन्यास ‘९६ गड्डी’ सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रभित्रको चित्रण हो ।