• १० वैशाख २०८२, बुधबार

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका वर्षाको सम्भावना

blog

काठमाडौं, माघ २२ गते । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाद्वारा मङ्गलबार बिहान जारी बुलेटिनमा उल्लेख छ ।

साथै महाशाखाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्नसतर्कता अपनाउनुहुन अनुरोध छ ।