चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताउनुभएको छ ।
‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार हिउँ चितुवाको संरक्षण तथा यसको अध्ययन र अनुसन्धानमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ आयोेजित गोष्ठीमा उहाँले हिउँ चितुवा दुर्लभ बन्दै गइरहेकाले यसको संरक्षणका लागि लगानी बढाउनुपर्ने बताउनुभयो ।
उपनिर्वाचन : मत माग्न व्यस्त उम्मेदवार
स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ मा हुने उपनिर्वाचनको क्रममा प्रचारप्रसारको अन्तिम दिन उम्मेदवार र राजनीति दलहरू मत माग्न व्यस्त छन् ।
वनमन्त्री र दक्षिण कोरियाका राजदूतबिच भेटवार्ता
नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टचार भेटवार्ता भएको छ ।
नाष्टको प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदान गरिने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जा मन्त्रीसमक्ष माग
देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान) ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् ।
‘म बोल्छु’ मा जे सुनियो...
नेपालको पहिलो महिला सभामुख ओनसरी घर्ती मगरले भन्नुभयो, “म सभामुख भइसकेपछि पनि मलाई चुनौती नै थियो । बहालवाला मन्त्री, सांसदले नै यो संसद् कस्तो होला ? कसरी चल्छ ? यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरूले ? भन्थे ।”
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत
रामेछाप गेलुका उज्ज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुग्नुभएका कार्कीको मनमा मडारिएको अनिश्चित र अन्योलपूर्ण भाव अनुहारमा प्रस्ट देखिन्थ्यो ।
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ ।
सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच भेटवार्ता भएको छ ।
नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती : उपप्रधानमन्त्री सिंह
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू रहेको बताउनुभएको छ ।
'हनी ट्रयाप'मा संलग्न तीन जना पक्राउ
फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।
कुटपिटबाट एकको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मनहरी–६ प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गर्दा ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताउनुभएको छ ।
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन बिहीबार पेस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गर्नुभएको हो ।
परराष्ट्रमन्त्री डा. राणा चीन प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् ।
सानो गौचरन स्टेडियम पुनर्निर्माण सुरु
काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण सुरु गरेको छ । उपप्रमुख सुनीता डङ्गोलले शिलान्यास गरेर बिहीबारबाट पुनर्निर्माणको काम सुरु गर्नुभएको हो ।
घट्यो सुनको मूल्य
नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोलामा तीन सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
यसरी चढ्न सकिन्छ धरहरा
सरकारले गत आइतबारबाट शुल्क लिएर धरहरा चढ्नका लागि खुला गरेपछि धरहराप्रतिको आकर्षण ह्वात्तै बढेको छ । यसअघि संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क धरहरा चढ्ने व्यवस्था गर्दैआएको सरकारले २०८१ मङ्सिर ९ गते आइतबारबाट शुल्क लिएर धरहरा चढ्न अनुमति दिएको हो ।
भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
योजनामा स्रोत सुनिश्चित गरिनुपर्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दलहरूले सरकारमा रहँदा सारा काम गर्छाैं भन्ने तर घोषित योजनामा स्रोत सुनिश्चित नगर्दा जनतामा निराशा छाएको बताउनुभएको छ । नेपाली कांग्रेसका
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको
नागरिकता लिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सास्ती
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई नागरिकता लिनका लागि अझै सङ्घर्ष गर्नुपरेको छ ।