रेडियो नेपाल अनलाइन डट कमको सम्पादकमा दाहाल
रेडियो नेपालको अनलाइन न्युज पोर्टल रेडियो नेपाल अनलाइन डट कमको सम्पादकमा मुख्य संवाददाता प्रमोदकुमार सिंह (दाहाल) नियुक्त हुनुभएको छ । तीन दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दितोकिएको हो ।
इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ ।
मिडिया काउन्सिललगायतका विधेयक पारित गर्ने तयारीमा छौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयकलगायतका विभिन्न विधेयकलाई पारित गर्ने गरी छलफल अघि बढाएको बताउनुभएको छ ।
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गरौँ : स्वास्थ्यमन्त्री पाैडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
अभिभावकहरुले आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ ।
बाल मानव अधिकार रक्षकको राष्ट्रिय भेला : २५ बुँदे घोषणापत्र जारी
बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो ।
प्रदेशका दुई सचिवलाई थप जिम्मेवारी
बागमती प्रदेश सरकारले प्रदेशका दुई जना सचिवलाई थप मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रदेशका मन्त्रालयहरु प्रदेश सचिवविहीन भएपछि प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशका सचिवलाई थप मन्त्रालयको समेत जिम्मेवारी दिने निर्णय गरेको हो ।
आज सातौँ सामाजिक सुरक्षा दिवस
योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।
चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ ।
साधारण खर्च कटौती गर्न लेखा समितिको निर्देशन
बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बागमती प्रदेश सरकारलाई साधारण खर्च कटौती गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले सरकारलाई आर्थिक भार बढ्ने गरी समिति गठन र करारमा कर्मचारी राख्ने क्रमलाई निरन्तरता दिएपछि लेखा समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
पक्की पुल निर्माण सुरु भएको नौ वर्षपछि बेलिब्रिज
मध्य पहाडी लोकमार्गको धादिङखण्डमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेको आँखुखोलामा नौ वर्षपछि बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ । २०७२ सालदेखि सो स्थानमा
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार
बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ ।
एनपिएलका लागि टिकट मूल्य सार्वजनिक
यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।
‘नेपालमा सुटिङ गर्न उत्साहित हुने छु’
बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ, कबिर खान ।
आज काठमाडौंका यी स्थानमा बिजुली काटिने
काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार बिजुली काटिने जनाएको छ ।
आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जिप सफारीको रुट व्यवस्थापन चुनौतीपूर्ण
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक लिएर भित्रिने जिप सफारीको रुट व्यवस्थापन चुनौती बनेको छ ।
आश्रितलाई एक लाख सन्ताउन्न हजारसम्म पेन्सन
काठमाडौँको डिलक्स कन्सल्टेन्सी ओभरसिज कम्पनीमा कार्यरत सुमनकुमार महर्जनको मृत्युपछि उहाँकी श्रीमती सुलोचना महर्जनले विगत आठ महिनादेखि दम्पती निवृत्तिभरण अन्तर्गत मासिक रूपमा रकम प्राप्त गर्दै आउनुभएको छ ।
उच्च मूल्यबाट बिस हजारले घट्यो सुन
स्थानीय बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार नौ सय रुपियाँले घटेको छ । सुन आयातमा लाग्दै आएको भन्सार दर सरकारले घटाएका कारण सुनको मूल्य एक्कासि घटेको हो ।
वरुण बेभरेजद्वारा सत्ताइस करोडभन्दा बढी राजस्व चुहावट
झुटा तथा नक्कली बीजक खरिद गरी वरुण बेभरेजले २७ करोडभन्दा बढी राजस्व चुहावट गरेको उच्च अदालत पाटनले ठहर गरेको छ ।
चाम्लिङ भाषा समावेश गर्न माग
किरात राई चाम्लिङ खाम्बातिमले सरकारी सञ्चारमाध्यममा चाम्लिङ भाषाले पनि स्थान पाउनुपर्ने माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।