सुशासनका लागि दलीय राजनितीकरणको दबदबा हटाउनुपर्छ : सांसद श्रेष्ठ
देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी भइरहेको छ । व्यक्तिको स्वतन्त्ररूपमा बाँच्न पाउने अधिकार अति दलीयकरणले हनन् गर्दैछ । किन कोही नेपालीले नेपालीमात्र भएर बाँच्न पाउँदैन ? जति नै राम्रा कानुन बनाए पनि दलीयकरणले कार्यान्वयनमा सधैँ अड्चन ल्याइरहेको देख्छु ।
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार
काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आउनुभएको छ । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उहाँ बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य हुनुहुन्छ ।
यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गुन्द्रुकको ब्रान्डिङ हुन नसक्दा किसान चिन्तित
दोलखाको शैलुङ गाँउपालिका–८ का किसानले उत्पादन गरेको रायो र काउलीको पातको गुन्द्रुकको ब्रान्डिङ हुन नसक्दा किसान चिन्तित बनेका छन् ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ । माघ १९ र २० गतेका लागि बोलाइएको बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बिहान ११ बजेदेखि सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
दामनका होटेल सुनसान
मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल अहिले सुनसान बनेको यहाँका होटेल व्यवसायीको गुनासो छ ।
शालीनदीस्थित माधवनारायणका व्रतालु दोस्रो परदेश यात्राको तयारीमा
साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले शनिबारदेखि फेरि दोस्रो परदेश यात्रा गर्दैछन् ।
चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्रीमा निषेध
चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो ।
माघमै फुल्न थाल्यो गुराँस
मकवानपुरको भीमफेदीस्थित अघोर क्षेत्र, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन र बकैयाको जितपुरभन्ज्याङ क्षेत्रमा यस पटक गुराँस फुल्न थालेका छन् ।
आजको मौसम : तराईमा हुस्सु र कुहिरो
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्छ : प्रमुख देवकोटा
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ
ट्राफिक प्रहरीले काठमाडौँको छुट्टाछुट्टै स्थानबाट शुक्रबार मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुईजनालाई नियन्त्रणमा लिएको छ ।
रूखले थिचेर बालकको मृत्यु
मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित खानिखेतमा रुखले थिचेर एक बालकको मृत्यु भएको छ ।
अधिवेशनबाट अधिकतम कानुन पारित गरौँ : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता
गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गर्नुभएकाे छ ।
हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गर्नुभएको छ ।
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
भरतपुर महानगरपालिका-१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो ।
बागमती प्रदेश सभाको अधिवेशन सुरु
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन सुरु भएको छ ।
राजनीतिक अस्थिरता अन्त्य गर्न गठबन्धन बनेको हो : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताउनुभएको छ । उहाँले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।
‘धुलो उडिरहेको मुग्लिन–पोखरा सडक चिल्लो बनेको छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आइरहँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक अहिले चिल्लो र आकर्षक बनेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति
सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ ।
निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेद्वारा सभामुख घिमिरेलाई निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिनुभएको छ ।