कीर्तिपुर नगरपालिका उपनिर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार
यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ ।
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनुभएको छ ।
धरहराबाट उपत्यका नियाल्ने रहर
काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो ।
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ ।
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ ।
सर्वोच्चमा दुर्गा प्रसाईंको रिटमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी रहेको छ । बुधबार सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्चले जनाएको छ ।
सुनको मूल्यमा वृद्धि
नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले वृद्धि भएको हो ।
‘संसद् प्रतिपक्षीको हो भन्ने मानक स्थापित गर्नुभयो’
पूर्व सभामुख स्वर्गीय दमननाथ ढुङ्गानाले भौतिक संसार छोड्नुभएको आज १२ औं दिन पुगेको छ । सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको मान्यता व्यवहारमा स्थापित गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
'अग्रजको सम्मान गर्दै लोकतन्त्रको विकासमा लागौं'
नेपाली कांग्रेसका नेता एवं साविक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष बलवहादुर श्रेष्ठको १२ आैं स्मृति सभा बुधवार शक्तिखोरमा सम्पन्न भएकाे छ।
‘सुरक्षित जीवन मानवीय आवश्यकता’
आज सामाजिक सुरक्षा कोष स्थापनाका छ वर्ष पूरा गरेर हामी सातौँ वर्षमा प्रवेश गरेका छौँ । यी छ वर्ष देशको राजनीति, देशको अर्थतन्त्र, देशको सामाजिक जनजीवन अथवा देशको सांस्कृतिक गति वा प्रवृत्तिहरूले
आहा ! शैलुङ डाँडा
दोलखा, मङ्सिर १२ गते । दोलखाको शैलुङ गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल शैलुङ डाँडा । समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइमा रहेको शैलुङ डाँडामा सयभन्दा बढी थुम्काहरु रहेका छन् । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः रासस
उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास– निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।
राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हाल आयोजना बन्द भएको छ ।
उत्कृष्ट २५ कथा चयन
छैटौँ ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१’ का लागि उत्कृष्ट २५ कथा चयन भएका छन् ।
१७ लाख ४५ हजार ठगी गर्ने दुईजना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु १७ लाख ४५ हजार रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
हात्ती महोत्सव पुस १५ मा
चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।
कर्णाली बैंकलाई निक्षेप सङ्कलन गर्न र कर्जा दिन रोक
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने प्रमको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई आमनागरिकको पहुँच पुग्ने गरी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।
फाइल नरोक्न कर्मचारीलाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
चौध वर्षपछि नयाँ पाठ्यक्रम
पोखरा विश्वविद्यालयले १४ वर्षपछि व्यवस्थापन सङ्कायतर्फका स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कायक्रमको पाठ्यक्रम परिमार्जन गरेको छ ।
मन्त्री फेरिए, फेरिएन सरुवा पद्धति
निजामती प्रशासनलाई चुस्त, व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै सात वर्षमा १० जना सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री फेरिए तर सरुवा पद्धति फेरिएको छैन ।
फैलिँदै सङ्गठित अपराध
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध, अवैध मुद्रा कारोबार (हुन्डी कारोबार) लगायतका कसुरमा अनुसन्धान भइरहेको छ ।
महासचिव पोखरेलसँग भियतनामी टोलीको भेटवार्ता
नेपाल भ्रमणमा रहनुभएका भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेकपा (एमाले) महासचिव शंकर पोखरेलसँग भेट गरेको छ । भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले मंगलबार महासचिव पोखरेलसँग भेट गरेको हो ।