काठमाडौं, मङ्सिर १२ गते । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपियाँमा कारोबार भइरहेको जनाएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपियाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार चाँदीको मूल्यमा १० रुपियाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपियाँमा कारोबारो भएको महासङ्घले जनाएको छ ।
मङ्गलबार चाँदी प्रतितोला १८ सय २० रूपियाँमा कारोबार भएको थियो ।