गोरखापत्र अनलाइन
काठमाडौं, माघ १७ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ल्होसार पर्व २०८१ को अवसरमा तामाङ समुदायसहित देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
ल्होसारको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख देवकोटाले यस्ता पर्वले नेपालीविचको एकता, मेलमिलाप, शान्ति र सौहार्दता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा लेख्नुभएको छ, “पर्वहरुले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पुर्याउँछन् । हाम्रा चाड पर्वहरु सभ्य सुखी र समृद्ध जीवनका आधारस्तम्भ हुन् ।”
यो पर्वमा विशेषतः तामाङ समुदायले कुलपूजा र प्रकृतिपूजा गर्ने चर्चा गर्नुहुँदै प्रमुख देवकोटाले हाम्रा नेपालीका चाड पर्वहरु सांस्कृतिक सम्पन्नताका परिचायक भएको बताउनुभएको छ ।