• ११ वैशाख २०८२, बिहिबार

राष्ट्रिय निर्माण महोत्सव हुने

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ १७ गते ।  निर्माण व्यवसायी सङ्घ मकवानपुर र नेपाल निर्माण व्यवसायी महासङ्घको आयोजनामा आगामी फागुनमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ ।

निर्माण उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको उक्त महोत्सवमा निर्माण उद्योगसँगै औद्योगिक, पर्यटन, कृषि, हस्तकलालगायत स्थानीय उत्पादनको प्रवर्धन, प्रदर्शनी एवं बिव्रmी गरिने जनाइएको छ । महोत्सव आगामी फागुन ६ देखि १८ गतेसम्म हेटौँडा उपमहानगरपालिका–१० स्थित टिसिएन चौरमा हुने भएको हो ।  महोत्सवका बारेमा जानकारी दिन मङ्गलबार यहाँ निर्माण व्यवसायी सङ्घ मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष बालगोपाल कँडेलले महोत्सवका निर्माण उपकरण, निर्माण सामग्रीलगायत स्थानीय उत्पादनको बिव्रmी तथा प्रदर्शनी गरिने बताउनुभयो । 

उहाँले महोत्सव अवधिमा निर्माण उद्योग क्षेत्रका वर्तमान समस्या, चुनौती, अवसर र समस्या समाधानका बारेमा जानकारी दिनुभएको थियो । नेपालका प्रतिष्ठित निर्माण व्यवसायीसँगै सरोकारवालाको सहभागितामा छलफल र गोष्ठी आयोजना गर्ने बताउनुभयो । नीति निर्माताको ध्यानाकर्षण गराइने भन्दै महोत्सवले मकवानपुरमा औद्योगिक एवं लगानीमैत्री वातावरण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

महोत्सवले क्रेता र बिक्रेताबिच प्रत्यक्ष सम्पर्क, छलफल र विचारको आदानप्रदान हुने बताउँदै उहाँले दोस्रो संस्करणको महोत्सवमा मनोरञ्जनात्मक कार्यव्रmमको प्रस्तुतिसमेत हुने बताउनुभयो । सङ्घले यसअघि २०७१ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गरेको थियो । महोत्सवममा निर्माण उपकरण, निर्माण सामग्री, स्थानीय उत्पादन, औद्योगिक उत्पादन, हस्तकला, कृषिलगायतका वस्तु तथा सेवाका ३५० भन्दा बढी स्टल रहने बताइएको छ ।