काठमाडौं, माघ २४ गते । आन्दोलनरत आवासीय चिकित्सकको मागप्रति सरकार सकारात्मक बनेको छ । सरकारी चिकित्सक सहर सेवासुविधा माग गर्दै आन्दोलन गरिरहेका आवासीय चिकित्सकको मागप्रति सरकार सकारात्मक बनेको हो ।
बुधबार राति प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रधामन्त्री केपी शर्मा ओलीका साथै शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिबिच भएको छालफलमा सकारात्मक निर्णय भएको हो ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा.शेषराज घिमिरेलले बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले माग सम्बोधन गर्ने आश्वासन दिनुभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीन्यूले हाम्रा मागप्रति सरकारात्मक हुनुभएको छ । माग पूरा गर्ने विषयमा थप छलफल गरेर त्यही अनुसारको निर्णय दिने बताउनुभएको छ ।”
अहिले आश्वासन मात्रै प्राप्त भएकाले आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम निरन्तता रहने डा.घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले आश्वासन मात्र आएको होे । कागजी सहमति नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।”
केही दिनअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले सशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने निर्णय गर्नुभएको थियो ।
उक्त निर्णय अस्वीकार गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग बेवास्ता गरेमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने समितिले चेतावनी दिँदै आएको छ ।