अनिल पराजुली
हेटौँडा, माघ २४ गते । मकवानपुरको मकवानपुरगढी–७, खोटारमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपरको ब्रेक फेल भई दुर्घटना हुँदा टिपर चालक मकवानपुरगढी–७, माथिल्लो जिम्बरका २४ वर्षीय देवेन्द्र लुङ्वाको घटनास्थलमै मृत्यु भएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १६ हटियास्थित शिवम् सिमेन्ट उद्योगको चुनढुङ्गा खानी क्षेत्र मकवानपुरगढी–७, खोटारबाट फर्कँदै गरेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधवार बिहान ८ बजेर ३० मिनेटको समयमा खानीबाट ढुङ्गा लोड लिई फर्कँदै गरेको बा २ क ६६६४ नम्बरको ट्रिपर दुर्घटना भएको थियो ।