काठमाडौं, माघ २५ गते । सरकारको आवासीय चिकित्सक निर्वाह भत्ता सरकारी आवासीय चिकित्सक सरह बनाउने निर्णयको नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।
संघले शुक्रबार विज्ञप्ति निकाल्दै नेपालका आवासीय चिकित्सक (एमडी, एमएस एमडीएस)को निर्वाह भत्ता सरकारी आवासीय चिकित्सक आठौँ तह सरह ४८ हजार ७३७ गर्ने सरकारको निर्णयलाई स्वागत गरेको हो ।
“नेपालका आवासीय चिकित्सक (एमडी,एमएस एमडीएस)को निर्वाह भत्ता सरकारी आवासीय चिकित्सक आठौँ तह सरह ४८ हजार ७३७ गर्ने निर्णय एवम् ड्युटी आवर हप्तामा अधिकतम ८० घण्टा हुने तथा बिदा लगायत अन्य विषयमा सरकार सकारात्ममा देखाएकोमा संघले स्वागत गर्छ ।” विज्ञप्तिमा उल्लेख छ ।
यो निर्णयले आवासीय चिकित्सकको कार्यसम्पादनलाई थप प्रोत्सान दिने र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने विश्व संघले लिएको छ ।
यस कदमले चिकित्सा पेशामा रहेका चिकित्सको मनोबल उच्च भई उनीहरुको कार्यकौशलतामा वृद्धि हुने संघका महासचिव डा.सन्जिब तिवारीको ठहर छ ।
यसका साथै इन्र्टन चिकित्सको उचित पारिश्रमिक तथा मागहरुको बारेमा अविलम्ब सम्बोधन गर्न संघको माग छ ।