• २८ फागुन २०८१, बुधबार

भरतपुरमा राष्ट्रिय डेरी एक्स्पो

blog

उद्घाटन समारोहमा सहभागी कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी ।

वसन्त पराजुली

नारायगढ, माघ २५ गते। चितवनको भरतपुरमा प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ सुरु भएको छ। चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको संयुक्त  आयोजनामा सुरु भएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको हो ।

एक्स्पोमा ५२ वटा स्टल छन्। स्टलमा पशु पालनका क्षेत्रमा भित्रिएका आधुनिक प्रविधि, दूध र दूधजन्य पदार्थको प्रदर्शनी छ। सो अवसरमा बोल्दै मन्त्री अधिकारीले कृषि ऐन ल्याउने प्रक्रिया सुरु भएको बताउनुभयो।

उहाँले छिट्टै मन्त्रिपरिषद्को बैठकमा निर्णय गराएर  संसदमा ऐन लैजाने पनि  जानकारी दिनुभयो। नेपालमा कृषि क्षेत्रमा २० अर्ब अनुदान किसानमा गएको पनि उहाँले जानकारी दिनुभयो।