• २४ माघ २०८१, बिहिबार

चिकित्सा शिक्षा आयोगले गर्‍यो पिजीका लागि सिट निर्धारण

blog

काठमाडौं, माघ २४ गते । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ (ब्याच २०२५) का लागि स्नातकोत्तर तह (पिजी) का लागि सिट निर्धारण गरेको छ ।

शैक्षिक सत्र २०८१/८२ (ब्याच २०२५) का लागि स्नातकोत्तर तहको शिक्षण संस्थागत रूपमा विधागत शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको आयोगका उपसचिव टिकाराम शर्माले जानकारी दिनुभयो । 

बुधबार कार्यकारी समितिको निर्णयानुसार सिट सङ्ख्या निर्धारण गरेको हो ।

आयोगले सार्वजनिक शिक्षण संस्थालाई ७९५ र निजी शिक्षण संस्थालाई एक हजार २० सिट सङ्ख्या निर्धारण गरिदिएको छ ।