ठेक्का लागेको तार्कु खोलामा छ वर्षपछि पुल
सिमकोट सडकको तार्कु खोलामा साँढे छ महिनापछि पक्की पुलको ढलान कार्य भएको छ । हिल्सा सिमकोट सडक आयोजनाको पटक पटकको ताकेता पछि निर्माण कम्पनीले यति बेला सो पुलको ढलान कार्य सम्पन्न गरेको हो ।
भूकम्पपीडितलाई ऋण तिर्नै मुस्किल
भूकम्प गएको पाँच महिनासम्म दोस्रो किस्ता रकम नपाउँदा भूकम्पपीडित चिन्तित भएका छन् । सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले पाँच महिनासम्म दोस्रो किस्ता नपाएपछि आवास निर्माणको ऋण तिर्न पीडितलाई समस्या भएको छ ।
विपन्न परिवारलाई महिनामा पाँच किलो नुन
मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निः शुल्करुपमा दिने भएको छ । गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येक महिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो ।
हुम्लामा आगोमा जलेर एक जना मृत्यु
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा एक जनाको जलेर मृत्यु भएको । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमा स्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति जलेर मृत्यु भएको हो ।
माटोमा नाइट्रोजन र पोटासको कमी
खेतीयोग्य जमिनको माटोमा नाइट्रोजन र पोटासको कमी भएको पाइएको छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले रैथाने बाली र फलफुल लगाउने जग्गाको माटो परीक्षण गर्ने क्रममा नाइट्रोजन र पोटासको कमी भएको पाइएको बताउनुभयो ।
एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट
रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।
डढेलोमा घाइते बालकको मृत्यु
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।
विद्यार्थी खोज्दै घरदैलो
सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्न घरदैलो अभियान थालेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न विद्यालयले घरदैलो थालेका हुन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले मङ्गलबारदेखि घरदैलो अभियान सुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक जगतराज जोशीका अनुसार विद्यालयको सेवा क्षेत्रभित्रका टोल टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरु गरिएको छ । विद्यालय उमेर समूहका बालबालिकाका घरमै पुगेर विद्यालयभित्र ल्याउन उत्प्रेरणा दिने गरिएको छ । शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक सङ्घका प्रतिनिधि वडाध्यक्षलगायत घरदैलोमा सहभागी छन् ।
निःशुल्क आयुर्वेद सेवा
ज्येष्ठ नागरिकलाई निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिन थालिएको छ । चन्दननाथ नगरपालिकाको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्रले चन्दननाथ नगरपालिकाका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सङ्घको कार्यालयभित्रै विभिन्न प्रकारका सेवा सुरु गरिएको छ ।
फोहोर पानीको तालमा डुबेर बालकको मृत्यु, भेरीनदीमा एक युवा बेपत्ता
जिल्लाको बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी जम्मा भएको तालमा डुबेका एक बालकको मृत्यु भएको हो। चौरजहारी नगरपालिका–३ स्थित सानीभेरीमा डुबेर एक युवा बेपत्ता भएका हुन्।
स्रोत साधनको सही सदुपयोग गर्नुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले स्रोत र साधनको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
अन्वेषण उपकरण दैलेख पुर्याउनै सकस
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ’ मेसिन बोकेको ८४ वटा ट्रक दैलेख पुगेको छ । चीनबाट ल्याइएका उपकरण रूपैडिया नाका हुँदै ७४ वटा साना ट्रक र दश वटा ठुला ट्रक दैलेख पुगेका हुन् ।
एकल तथा विपन्न महिलाको निःशुल्क स्वास्थ्य बिमा
सिमकोट गाउँपालिकाका दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । उहाँहरूको स्वास्थ्य उपचारमा सहजताका लागि गाउँपालिकाले स्वास्थ्य बिमा गरेको हो ।
वन क्षेत्रमा दिनहुँ डढेलो
पछिल्लो समय रुकुमपश्चिमका विभिन्न स्थानमा दिनहुँ आगलागी हुने गरेको छ । आगलागीबाट सबैभन्दा बढी सामुदायिक वन क्षेत्रमा क्षति भएको बताइन्छ । डिभिजन वन कार्यालय रुकुमपश्चिमका अनुसार चैत महिनाको पहिलो सातापछि दिनहुँ जसो आगलागीका घटना भइरहेका छन् । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले चैत महिनाको पछिल्लो १९ दिनमा विभिन्न २२ स्थानमा डढेलो लागेको जानकारी दिनुभयो । उहाँका अनुसार गर्मीयाम सुरु भएयता रुकुमपश्चिमका २७ वटा सामुदायिक वनमा डढेलो लागेको छ । त्यसमध्ये चैत महिनामा मात्रै २२ स्थानमा डढेलो लागेको हो ।
कर्णालीको रैथाने उत्पादनमा आकर्षण
कर्णालीमा उत्पादन भएको रैथानी बालीको उत्पादन खरिदमा ग्राहकको आकर्षण बढ्दै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा उत्पादन भएको रैथाने बाली खरिद गरेर काठमाडौँमा ल्याएर बिक्री गरेको अर्गानिक उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको हो । हिमाली र उच्च पहाडी जिल्लामा उत्पादन भएका खरिद गरेर बिक्री गर्ने कम्पनीको योजना अनुरूप खरिद गरेर उपत्यकामा ल्याएर बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्य अनुरूप वितरण गरिएको कम्पनीले जनाएको छ ।
मुख्यमन्त्री कँडेलद्वारा पद तथा गोपनीयताको शपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका बालबालिकालाई राष्ट्रिय खोप दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्य बुधबार भएको छ।
मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण
कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गर्नुभएको हो ।
एमाले हुम्लाको जिल्ला अधिवेशन एक दिनपछि सर्यो
नेकपा एमालेको दसौँ जिल्ला अधिवेशन एक दिनपछि सरेको छ । हवाई सेवा अवरुद्ध हुँदा अधिवेशनको उद्घाटन सत्रमा आउन लाग्नुभएका प्रमुख अतिथि एमाले सचिव लेखनाथ भट्ट आउन नपाएपछि अधिवेशन एक दिनपछि सारिएको हो ।
तरकारी हब बनाउन बीउ सहयोग
जिल्लामा सिङ्गो वडालाई तरकारीको हब बनाउनका लागि किसानलाई तरकारीको बीउ सहयोग गरिएको छ । व्यवसायी तरकारी खेती गरेर आम्दानीको स्रोत बनाउनका लागि बीउ सहयोग गरिएको हो ।
प्यारापिड निर्माण कार्य चार वर्षदेखि अलपत्र
सिमकोटस्थित खेल मैदानमा पाँच वर्ष अगाडि निर्माण कार्य सुरु भएको प्यारापिड अलपत्र अवस्थामा परेको छ । आर्थिक वर्ष ०७५/०७६ यता बजेटको ब्यवस्था नगरिए पछि निर्माण कार्य अलपत्र परेको हो ।
ठेक्का तोड्ने तयारी
सडक डिभिजन कार्यालय चौरजहारीले राप्ती राजमार्ग अन्तर्गत मुसीकोट नगरपालिका–११ र १२ जोड्ने पितिबाङ खोला पुलसहितका तीन योजनाको ठेक्का तोड्ने तयारी थालेको छ । डिभिजन कार्यालयका प्रमुख तेजस्वी शर्माका अनुसार पितिबाङ खोला पुलसहित सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने सानीभेरीमाथिको मेघा पुल, आठबिसकोट नगरपालिकाको स्यालाखडी र जाजरकोटको रग्दा जोड्ने ठुलीभेरी नदीमाथिको पुलको ठेक्का तोड्ने प्रक्रियाका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।
नगरपालिकाको सेवाप्रति सेवाग्राही सन्तुष्ट
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सेवाग्राही सर्वेक्षण गर्न थालेको छ । नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गरेर साप्ताहिक रूपमा नतिजा सार्वजनिकसमेत गर्न थालेको हो । सेवाग्राही सन्तुष्टि सर्वेक्षणलाई सुशासन मापनको औजारका रूपमा लिने गरिएको छ ।
नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ आज
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउनुहुने छ ।