• ४ पुस २०८१, बिहिबार

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

blog

सिमकोट (हुम्ला), मङ्सिर ४ गते । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्यटकीय स्थल र यहाँको सस्कृति जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले पुस ५ गते महोत्सव आयोजना हुन लागेको हो ।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंश महताराले महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त देउडा कलाकारको समेत प्रस्तुति रहने जानकारी दिनुभयो । महोत्सवमा स्थानीय महिला तथा पुरुषबिच देउडा प्रस्तुती समेत रहने भएको छ । महोत्सवमा मागल, बालो चम्फा, ढाल तरवार नाच, चाची, फाक, हुड्के फुर्को नाच, बाक्टे नाच, बाजा लगायतका नाच प्रदर्शन हुने भएका छन् । रासस