• १ पुस २०८१, सोमबार

दुई नदीको मिलन बिन्दु जिते सुनसान

blog

खाडाँचक्र नगरपालिका २ जिते जहाँ कर्णाली र तिलानदीको मिलनबिन्दु । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा  

कालीकोट, पुस १ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकाका सिमा क्षेत्र जिते बजार अहिले पुरै खाली छ । कुनै समय हाट बजारले निकै चलहपहल भइरहने बजार अनि कर्णाली नदी र तिला नदीको मिलन केन्द्र रहेको जिते क्षेत्र अहिले भने सुनसान छ । 

वर्षातको समय सकिएको र हिउँदको सिजन भएकाले दुवै नदीमा पानीको बहाफ घटेको छ । बगरमा देखिने चिप्ला ढुङगा आआफ्नै किनारबाट बगिरहेका दुई नदी पश्चिम क्षेत्रबाट कर्णाली र पूर्व क्षेत्रवाट बग्ने तिलानदीको मिलन बिस्तारै भइरहेको छ । 

पलाँता गाउँपालिका ९ का स्थानीय पुर्णवहादुर बमले जितेमा दुई नदी बिचको मिलन बिन्दु सारै रहर लाग्दो भएको बताउनुहुन्छ । बमले ठुला कर्णालीले सानो तिला माथि कुनै हस्तक्षेप गरेको छैन । 

दुई किनारमा दुई नदी आफ्नै गतीमा बगेर तलसम्म आआफ्नो क्षेत्र ओगटेका छन् भने अलि तल पुगेपछि समायोजन भएका छन्, बमले भन्नुभयो । तिला नदीको मिलन क्षेत्र ओरालो भएकाले कर्णालीमा सबैसँगै मिसिन्छ । वर्षातको समयमा झन् ताल परेर बग्ने गरेका छन् । 

दुई नदीको मिलन बिन्दुको माथि तिर शिव मन्दीर निमार्ण गरिएको छ । तिला र कर्णाली नदीमा छुट्टा छुट्टै बनेका दुई झोलङगे पुल पनि यहाँको स्वभा बढाइरहेको छ । कर्णाली घुम्न आउने जुनसुकै पर्यटकले यहाँ दुई नदीको मिलन र अग्ला पहाडको फोटा कैद गर्ने गरेका छन् । 

स्थानीय प्रेमवहादुर मल्लले यहाँको पहाड, तल बग्ने नदी उता पटी कर्णाली राजमार्ग, कर्णाली करिडोर लगाएतले जितेको यो क्षेत्रलाई हेर्न लायक बनाएको सुनाउनुभयो । बजार हटेपनि दुई नदीको मिलन बिन्दुका कारणले मान्छेको चहलपहल भइरहेको छ ।