कर्णाली र लुम्बिनी प्रदेशबिच सहकार्य गर्ने समझदारी
कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच अन्तर प्रदेश विकास र समृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ ।
ढुङ्गाखानीमा पुरिएर एकको मृत्यु
सल्यानमा ढुङ्गाखानीमा पुरिएर एक जनाको मुत्यु भएको छ ।
नौ रुपियाँको नुन किन्न पच्चिस सय खर्च
सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।
सिँजामा मालपोत र नापी स्थापना हुने
सिँजा क्षेत्रका तीन वटा गाउँपालिकालक्षित गरी मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले निर्णय गरेको छ ।
बालविवाह रोक्न रणनीति बनाउँदै स्थानीय तह
यहाँका स्थानीय तहले बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाउन थालेका छन् ।
ऋण लिएर घर बनाउँदै भूकम्पपीडित
रुकुमपश्चिमका भूकम्पपीडितले ऋण लिएरै भए पनि आफैँ घर बनाउन थालेका छन् ।
पुष्पलाल मध्यपहाडी राजमार्ग निर्माण अन्तिम चरणमा
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत दैलेख खण्डको काम अन्तिम चरणमा पुगेको छ ।
हुम्लाको श्रीनगरगाउँ
हुम्लाको अदानचुली गाउँपालिका वडा नं. २ र ३ मा पर्ने श्रीनगरगाउँको बस्ती। माटोले छाएका परम्परागत घर रहेका यो गाउँमा पछिल्लो समय टिनले छाएका घर समेत थपिँदै गएका छन् ।
काँक्रेविहार मन्दिर
वीरेन्द्रनगर, पुस ११ गते । वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार मन्दिर । वीरेन्द्रनगर उपत्यकाको बिच भागमा जङ्गलको थुम्कोमा रहेको काँक्रेविहार पुरातात्विक र ऐतिहासिक महत्वले भरिपूर्ण छ । २१ मिटर अग्लो शिखरशैलीको मन्दिरक्षेत्र एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः रासस
हुम्लाको श्रीनगरगाउँ
हुम्ला, पुस ११ गते । हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ३ मा पर्ने श्रीनगरगाउँको बस्ती । माटोले छाएका परम्परागत घर रहेका यो गाउँमा पछिल्लो समय टिनले छाएका घर थपिँदै गएका छन् । तस्बिरः रासस
चिसोले जम्न थाल्यो पानी
चिसो बढ्दै गएपछि जुम्लाको जनजीवन प्रभावित भएको छ ।
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
दैलेख, पुस ११ गते । यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ ।दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उहाँले बताउनुभयो । चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन् ।
पञ्चवर्षीय योजनाको मसौदा पारित
कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित भएको छ । प्रदेश विकास परिषद्को तेस्रो बैठकले पारित गरेको मसौदा अब मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत भएसँगै कार्यान्वयनमा जाने छ ।
स्वास्थ्य पूर्वाधार प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।
वार्षिक दुई करोडको निःशुल्क उपचार
रुकुमपश्चिमको चौरजहारी अस्पतालले हरेक वर्ष एक करोडभन्दा बढी रकमको उपचार सेवा निःशुल्क गर्दै आएको बताएको छ ।
जाजरकोटमा ४.२ म्याग्निच्युटको भूकम्प
काठमाडाैँ, पुस ११ गते । जाजरकोटको नयकवाडा केन्द्र भएर ४.२ म्याग्निच्युटको भूकम्प गएको छ । बिहान ६ः ३३ बजे उक्त क्षेत्रमा भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।
प्रदेशसँग सहकार्य गर्दै लगानी बोर्ड
लगानी बोर्डले दिगो विकासका लागि प्रदेश र स्थानीय सरकारसँग सार्वजनिक निजी साझेदारी मोडेलमा सहकार्य गर्न खोजिरहेको छ ।
ट्रक दुर्घटना हुँदा चालकसहित दुई घाइते
राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –६ गणेशमोड नजिक काप्रोपानीमा मालबाहक मिनि ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
कोल्ड स्टोर सञ्चालनले किसान उत्साहित
कृषि विकास कार्यालय दैलेखले कोल्ड स्टोरलाई सञ्चालमा ल्याएको छ। जिल्ला कृषि विकास कार्यालय दैलेखले फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डारण गर्ने उदेश्यसहित कोल्ड स्टोरलाई सञ्चालनमा ल्याएको हो।
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ ।
जैविक मल र ग्यास उत्पादन उद्योग निरीक्षण
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी बुधबार वीरेन्द्रनगर–११ मा सञ्चालित केपी व्यावसायिक सेवा प्रालिमा फोहाेरबाट जैविक मल र ग्यास उत्पादन हुने उद्योगको निरीक्षण गर्दै ।
मुगुमा अज्ञात रोगबाट चौरी मर्न थाले
जिल्लाको माथिल्लो मुगुमा अज्ञात रोगका कारण चौंरी बिरामी भई मर्न थालेका छन् । मुगुमकार्मारोङ गाउँपालिका वडा नम्बर २ को सिरानी चौरमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जानकारी दिएको छ ।
रोजगारी गुमेपछि विदेश पलायन
स्थानीय तह निर्माण हुँदा घरआँगनकै सरकारमा सिप अनुसारको रोजगारी पाइन्छ भनी आस गर्ने युवा यतिखेर विदेश पलायन हुन बाध्य भएका छन् ।
कठ्याङ्ग्रिँदै भूकम्पपीडित
जाजरकोट केन्द्रविन्दु भएर २०८० कात्तिकमा गएको भूकम्पका कारण घरबारविहीन भएका रुकुमपश्चिम, जाजरकोट र सल्यानका हजाराैँ बासिन्दा अझै टहरामा बस्न बाध्य छन् ।