सोह्र विद्यालय समायोजन
रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले विभिन्न १६ विद्यालयलाई समायोजन गर्ने भएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालयलाई समायोजन, तह तथा कक्षा घटुवा र विद्यालयको शाखा विस्तार गरिने भएको हो । गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले यसै शैक्षिक सत्रदेखि लागु हुने गरी १६ वटा विद्यालय समायोजनको निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११–१२ सञ्चालित चार वटा विद्यालयलाई कक्षा १० सम्म कायम गरिएको छ । शीतल मावि पक्रैया, बालज्योति मावि गिठाकोट, सूर्योदय मावि बेल्टापु र जनज्योति मावि मेलचौरलाई कक्षा १० सम्म समायोजन गरिएको हो । बैठकले भेरी दोभान मावि चाइनाबगरलाई कक्षा ९–१२ बाट कक्षा ८ सम्म कायम गरेको छ ।
सरकारी अनुदान, नातागोतालाई दान
डुङ्गेश्वर गाउँपालिकाले गाउँपालिकाको रेडियो स्थापनाका लागि पाँच लाख रुपियाँ अनुदान दिने निर्णय ग¥यो । पाँच लाख अनुदान दिने निर्णयबमोजिम रेडियो स्थापनाका लागि सामग्री खरिदबापतको एक लाख ५० हजार रुपियाँ गाउँपालिकाले भुक्तानी दियो । आर्थिक वर्ष २०७६/७७ मा कार्यपालिकाको बैठकबाटै निर्णय गरी रेडियो स्थापनाका लागि छुट्याइएको रकम बिचौलिया मिलेर स्वाहा पारिदिएको पाइएको छ ।
अदालतमा भर्चुअल माध्यमबाट बहसको व्यवस्था गर्न निर्देशन
प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले मुद्दा मामिलामा अदालतमा हुने बहसलाई भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
हुम्लामा चार दिनदेखि हवाई सेवा बन्द
हुम्लामा पाँच दिनयता हवाई सेवा अवरुद्ध हुँदै आएको छ। हवाई सेवा अjरुद्ध हुँदा हुम्ला आउने र जाने यात्रु मर्कामा पर्नुभएको हो।
कर्णालीमा ‘बाली र पशुपन्छी विशेष कार्यक्रम’ सुरु
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षदेखि ‘बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्र कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ ।
कृषिको आधुनिकीकरणमार्फत आयआर्जन वृद्धि गरिने छ
जाजरकोटको विकट क्षेत्र मानिने जुनीचाँदे गाउँपालिकाले पर्यटन, कृषि र पूर्वाधारका क्षेत्रमा काम केन्द्रित गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट पालिका अध्यक्ष हुनुहुन्छ, वेदबहादुर शाही । जनप्रतिनिधिका रूपमा दुईबर्से अवधिका आफ्नो भोगाइबारे अध्यक्ष शाहीले खुलेर कुराकानी गर्नुभयो । प्रस्तुत छ, अध्यक्ष शाहीसँग गोरखापत्रका जाजरकोट समाचारदाता सहदेव बस्नेतले गर्नुभएको कुराकानी :
मौरीपालनमा कर्णालीका किसानको बढ्दो आकर्षण
कर्णालीमा पछिल्लो समय मौरीपालनमा कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरीपालन व्यवसायप्रति मोह बढ्दै गएको हो । वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेतालका रामप्रसाद पोखरेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आइरहनुभएको छ । ८२ वर्षीय रामप्रसादले १५ वर्ष पहिलेदेखि नै मौरी पाल्न थाल्नुभएको हो । पहिला उहाँलाई मौरीपालनबाट आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वास थिएन । पछिल्लो समय मौरीपालनबाट उहाँले लोभलाग्दो आम्दानी गर्न थाल्नुभएको छ ।
जनप्रभात माविलाई दूतावासद्वारा बस प्रदान
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ८ मा रहेको जनप्रभात मावि सेरावाडाले बस सेवा सञ्चालन गर्ने भएको छ ।
एमाले हुम्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ
दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएको नेकपा (एमाले) हुम्लाको जिल्ला कमिटीले पद तथा गोपनीयता शपथ लिएको छ । आइतबार भएको निर्वाचनबाट सिङ्गो जिल्ला कमिटी मतदानबाट निर्वाचित भएको थियो ।
विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन आग्रह
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ।
खस सभ्यताको संरक्षणमा जुट्दै सिंजा गाउँपालिका
जुम्लाको सिंजा गाउँपालिकाले खस भाषाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ ।
एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनुभएको छ । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
विद्यार्थी खोज्न घरदैलो
जिल्लाका सामुदायिक विद्यालयले आइतबारबाट विद्यार्थी भर्ना अभियान थालेका छन् । नयाँ शैक्षिक सत्र २०८१ का लागि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न भर्ना अभियान थालिएको हो । बडीमालिका माध्यमिक विद्यालयले आइतबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न अभियान सुरु गरेको जानकारी दिनुभयो । गत वर्षदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु भएकाले त्यसको सन्देश दिन पनि भर्ना अभियान घरदैलो गर्नु परेको बताइन्छ ।
गोदाममा आगलागी हुँदा लाखौँको क्षति
सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक रङ्गरोगन तथा प्लम्बिङ गोदाममा आगलागी हुँदा ठुलो क्षति भएको छ ।
हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरकाे लागि दश करोड बजेट विनियोजन
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले हाई अल्टिच्यूट सेन्टर निर्माणका लागि क्रमागत बजेटका लागि व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ ।
बन्दैछन् खेल पूर्वाधार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णालीमा हुने भएपछि खेल पूर्वाधार निर्माण भइरहेका छन् । कर्णालीमा २०८१ मङ्सिर २ मा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।
गिट्टी कुटेर परिवार पाल्दै भूकम्पपीडित
जाजरकोटका भूकम्पपीडित महिला गिट्टी कुटेर परिवार पाल्न थालेका छन् । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका महिला घरखर्च जोह गर्न गिट्टी कुट्न थालेका हुन् । कतिपयले सदरमुकाममा आवास निर्माण गर्न थालेपछि घर निर्माणका लागि चाहिने गिट्टी कुट्न पीडित महिला खटिएका हुन् । भूकम्पले घर भत्किएर महिला, बालबालिका तथा वृद्धवृद्धा बढी जोखिममा परेका छन् । श्रम गरेर कमाएको पैसाले छाक टार्नुका साथै घरखर्च चलाउँदै आएका छन् । आम्दानीको अन्य स्रोत नभएपछि गिट्टी कुटेर परिवार पाल्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । त्रिपाल तथा टेन्टको अस्थायी आवासमा रात काट्दै आएका भूकम्पपीडित महिला खानाका लागि गिट्टी कुटेर पैसा कमाई परिवारलाई गास, बासको जोहो गरेका छन् ।
बजारको शौचालय सिधै कर्णाली र तीला नदीमा खसाल्दा दुर्गन्ध बढ्यो
कालिकोट जिल्लाका अधिकांश नदी किनारका बजारले नदीलाई दुर्गन्धित बनाई रहेका छन् । जिल्ला भएर बग्ने कर्णाली नदी र तिला नदी किनारमा बिस्तार भएका हाट बजारले नदीलाई दुर्गन्धित बनाई रहेका हुन । जिल्लाको तिल गुफा नगरपालिका वडा नं १ नाग्मा बजारले सबै भन्दा बढी तिला नदीलाई प्रभाव पारेको छ ।
सडक सञ्जाल जोडिएपछि ढुवानी सहज
हिमाली जिल्ला हुम्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सहज बन्दै गएको छ । दक्षिणी हुम्लाको सर्केगाड गाउँपालिका–६, खानीखेतसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएका कारण ढुवानी सहज भएको हो । लिमिटेडको हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले पहिलो पटक जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न समयमै ढुवानी भएको बाउनुभयो । यसको मुख्य श्रेय दक्षिणी हुम्ला सडक सञ्जालसँग जोडिएकोलाई जान्छ ।
भिरबाट खसेर चौकीदारको मृत्यु
रुकुमपश्चिमको आठविसकोटमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । आठविसकोट नगरपालिका वडा ५ थापागाउँका ४१ बर्षीय सर्जन थापाको भिरबाट लडेर मृत्यु भएको हो ।
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर
रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसिकोट नगरपालिका-१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ ।
एमाले हुम्लाको अध्यक्षमा तीनको दाबी
नेकपा (एमाले) हुम्ला अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार बेलुकाबाट नेताहरूले गरेको सहमतिको प्रयासले सफलता नपाएपछि नेतृत्व चयन प्रक्रिया सुरु भएपछि तीनको उम्मेदवारी परेको हो ।
डोल्पा आगलागी घटना : तीनै बालबालिकाको मृत्यु
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो ।
सिमकोटको वित्तीय प्रगति ४४ प्रतिशत
सिमकोट गाउँपालिकाले ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको पाइएको छ । गाउँपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुरा सार्वजनिक गरिएको हो ।