सडकखण्डमा डबल कटिङको काम सकिँदै
सुर्खेतको बड्डीचौर–खम्बगाडे सडकखण्डमा ‘डबल कटिङ’ को काम अन्तिम चरणमा पुगेको छ । कुल १३ किलोमिटर सडकमध्य ब्युरेनी क्षेत्र छाडेर दुवैतर्फ करिब नौ किलोमिटर सडकको डबल कटिङको काम सकिएको हो । वर्षौंदेखि कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका पश्चिम सुर्खेतका नागरिकलाई सहज यात्राका लागि प्रदेशको पूर्वाधार विकास निर्देशनालयले यो सडक निर्माणको काम गरिरहेको छ तर रुख कटानको अनुमति नहुँदा हाल यो सडकको दुई हजार आठ सय मिटर सडकको कटिङ हुन बाँकी नै छ ।
जुम्लामा ८४ हजार भेडा
पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् । जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय ८८ भेडा छन् ।
सरकारबाट शर्मा बाहिर, कँडेल भित्रिँदै
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ । बुधबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो । सभाबाट राजीनामा घोषणा गरेलगत्तै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । शर्माले करिब १५ महिना कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नुभयो ।
बढ्दै छन् क्यान्सरका बिरामी
सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको सङ्ख्या धेरै रहेको कार्यालयका सूचना अधिकारी घनश्याम बुढाले जानकारी दिनुभयो ।
दुर्गममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण
ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । स्थानीयवासी मागलाई सम्बोधन गर्दै जर्मन सहयोग रहेको हेल्फे नेपाल संस्थाले सो भवन निर्माण गरेको हो ।
भिरबाट लडेर एकको मृत्यु
घरबाट चैनाखोलाको धारामा नुहाउन हिँडेकी १२ वर्षीय बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका-९ मुर्मागाउँकी भूमिका रोकायाको सदरमुकामको धुमीरुख भिरबाट लडेर मृत्यु भएको हो ।
पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित योजना दिन आग्रह
कर्णाली प्रदेश योजना आयोगको दोस्रो पञ्चवर्षीय योजनामा यहाँका पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित विकासलाई दोस्रो पञ्चवर्षीय योजनामा प्राथमिकता दिन आग्रह गरिएको छ ।
क्षय रोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ
स्वास्थ्य संस्थाहरूले क्षय रोगी पत्ता लगाउनका लागि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्क्रेनिङ कार्य गरिरहेको छ । जिल्लामा क्षय रोगीको सङ्ख्या वृद्धि भएको हुन सक्ने देखिएपछि त्यसको स्क्रेनिङ कार्य गरिएको हो ।
च्याउ उत्पादनतर्फ महिलाको बढ्दो आकर्षण
वीरेन्द्रनगर नगरपालिका –१२ पिपिराचोकका ४७ वर्षीया बसन्ती अधिकारीले व्यावसायिक रूपमा च्याउखेती थालेको दशकभन्दा बढी समय भयो । सामान्य लेखपढ मात्र गर्नुभएकी उहाँ आफू एक्लै च्याउखेतीमा रमाउनु भएको छैन्, उद्योगमार्फत् अरुलाई रोजगारीसमेत दिनुभएको छ ।
जुम्लाको निःशुल्क आँखा शिविरमा सात सय लाभान्वित
सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा यहाँका स्थानीयको आँखा जाँच गरिएको हो ।
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका–३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिनुभयो ।
अनुदानमा कृषकलाई गोलासहितको मौरीघार
कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।
दलित महिला वडा सदस्यलाई कानुनी सहायता सम्बन्धी तालिम
सुर्खेतका दुई स्थानीय तहका दलित महिला वडा सदस्यहरुलाई कानुन सम्बन्धी तालिम सुरु गरिएको छ ।
हुम्लाका विद्यालय पाठ्यपुस्तक पुग्यो
नाम्खा गाउँपालिकाको एउटा बाहेक जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको पाइएको छ । यसअघि कक्षा पाँचसम्म पुगे पनि चैत महिनाको दोस्रो हप्तापछि कक्षा छ देखि दशसम्मका पाठ्य पुस्तक विद्यालयमा पुगेका हुन ।
माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु
जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ ।
जिल्ला जिल्लामा पुगे पाठ्यपुस्तक
अघिल्ला वर्षमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक हात पार्न नसक्ने कर्णालीका विद्यार्थीले यस वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुमै पुस्तक प्राप्त गर्न सक्ने भएका छन् । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । अहिलेसम्म आठ हजारभन्दा धेरै पुस्तक जिल्ला जिल्लामा पुगिसकेका छन् । यो वर्षका लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार जिल्ला जिल्लामा धमाधम पाठ्यपुस्तक पठाउन थालिएको छ ।
घरधुरीभन्दा लाभग्राही बढी
रुकुमपश्चिममा भूकम्पका कारण घर क्षति भएपछि कायम गरिएका लाभग्राहीको सङ्ख्या घरधुरीभन्दा बढी रहेका पाइएको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर क्षति भएकाको विवरण घरधुरीभन्दा बढी पाइएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार अस्थायी आवास निर्माणका क्रममा हालसम्म ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् । करिब ३५ हजार लाभग्राही कायम हुने उहाँको अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले २०७८ सालमा गरेको घरधुरी सर्वेक्षण अनुसार आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका २३ हजार ९९० घरधुरी छन् तर यी चार स्थानीय तहमा मात्र २८ हजार ६९५ लाभग्राही कायम भएका छन् । अझै पनि स्थानीय तहबाट लाभग्राही कायम भएर आउने क्रम जारी रहेको
नयाँ सरकार गठन गर्न आह्वान
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नु भएको छ । परियारले बुधवार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।
प्याजको बेर्नाबाट आम्दानी
प्याजको बेर्ना आम्दानीको स्रोत भएको छ । पछिल्लो समय प्याज खेती गर्ने किसान जिल्लामै बढेपछि किसानले बिक्री गर्ने उद्देश्यले प्याजका बेर्ना उमारेर बिक्री गर्न थालेपछि यो व्यवसाय आम्दानीको स्रोत भएको हो । जिआरपी कृषि तथा पशु अर्गानिक फार्मका सञ्चालक गगन रोकायाले दुई वर्षयता प्याजका बेर्ना बिक्रीबाट कमाई राम्रो हुने थालेको बताउनुभयो । उहाँले यतिबेला ग्रिन हाउसमा प्याजका बेर्ना उमारेर बिक्री गरिरहनुभएको छ ।
कर्णालीका मुख्यमन्त्री शर्माको राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ। बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो।
अख्तियार कार्यालयले प्रभावकारी काम गर्न नसकेको गुनासो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सदरमुकाममा सार्वजनिक निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
निर्माण सामग्री किन्न एउटै पसल
भेरी नगरपालिकाका १३ वटै वडामा रोजगारी सिर्जनाका लागि सञ्चालित योजनामा आवश्यक निर्माण सामग्री खरिद गर्न एउटै पसल तोकिएको छ । नेपाल सहरी शासकीयस्वरूप परियोजना अन्तर्गत भेरी नगरपालिकाबाट अहिले धमाधम योजना सम्झौता भई निर्माण कार्य भइरहेको छ । भेरी नगरपालिकालाई प्राप्त तीन करोड ८० लाख रुपियाँ बजेटबाट निर्माणका विभिन्न कार्य भइरहेको छ । निर्माण कार्यमा आवश्यक सामग्री खरिदका लागि तोकिएकै हार्डवेयर पसलमा कारोबार गर्न नगरपालिकाले योजना कार्यान्वयन उपभोक्ता समितिलाई निर्देशन दिइएको जनाइएको छ । योजनाको लागत स्टिमेटमा ६० प्रतिशत रकम निर्माण सामग्री खरिद गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले नगरपालिकाले तोकेको हार्डवेयर पसलबाट मात्र खरिद गर्न निर्देशन दिइएको जनाइएको छ ।
मदन भण्डारी राजमार्ग : ट्र्याक परिवर्तन नगर्न खबरदारी
मदन भण्डारी राजमार्गको ट्र्याक परिवर्तन गर्न खोजिएको भन्दै पश्चिम सुर्खेतका नागरिकले विरोध जनाएका छन् । राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतमा नापजाँचसहित डिपिआरसमेत भइसकेको सडकको रुट परिवर्तन गर्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत सरकारलाई ध्यानाकर्षणपत्रसमेत बुझाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय, सुर्खेतलाई समेत लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराइएको छ ।
हिल्सा सिमकोटको याल्वाङ खण्डमा साढे नौ घण्टा सडक बन्द
जिल्लाको हिल्सा सिमकोट सडकको याल्वाङ खण्डमा दैनिक नौ घण्टा सडक बन्द हुने भएको छ । सडकको स्तरोन्नती कार्य जारी रहेका कारण सडक बन्द गरिएको हो ।