कर्णालीमा पचहत्तर अर्बभन्दा बढी निक्षेप
कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्क सुर्खेत कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८०-८१ मा आधारित प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप, अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढेर ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप ११.८९ प्रतिशतले बढेर ६७ अर्ब ४९ करोड ९२ लाख रुपियाँ पुगेको थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थिति न्यून
हुम्ला जिल्लाका तीन वटा सरकारी कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीको उपस्थिति न्यून रहेको छ ।
सबै पालिकामा माओवादीको नयाँ नेतृत्व
रुकुमपश्चिमका सबै पालिकामा नेकपा (माओवादी केन्द्र) ले पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरेको छ ।
कर्णालीमा कृषिको क्षेत्रफल बढ्यो
आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ९उत्पादकको मूल्यमा० तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०र८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।
कर्णाली प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ ।
तातोपानीमा स्थानीयको भिड, आन्तरिक पर्यटकले पाउँदैनन् पालो
जुम्लाको तातोपानीमा स्नान गर्न छिमेकी जिल्लासँगै देशभरका नागरिक पुग्ने गरेका छन् । छ वटा धारामा बाह्रै महिना तातोपानी आउने र त्यहाँ स्नान गरेमा बाथ रोकलगायत शारीरिक समस्या समाधान हुने जनविश्वासले यहाँ स्नान गर्नेको भिड लाग्ने गर्छ ।
कुहिरोले ढाकेको वीरेन्द्रनगर
सुर्खेत, पुस १९ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ कटकुवाबाट देखिएको कुहिरोले ढाकेको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्र। तस्बिरः रासस
मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार यो स्थानीय मापन (ML) गरिएको भूकम्प हो।
हटाउन थालियो सडक अतिक्रमण
कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तिला गाउँपालिकास्थित कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ । त्यहाँ सडक अतिक्रमण हटाउन लामो समयदेखि स्थानीयले हस्ताक्षर गरेर पहल थालेका छन् ।
औषधी खरिद गर्न तीन करोड
प्रदेश सरकारले औषधी खरिदका लागि तीन करोड बजेट विनियोजन गरेको छ ।
जिल्लामै छैन शववाहन र शवगृह
रुकुमपश्चिममा शववाहन र शव राख्ने भवनको अभाव रहेको छ । एउटा पनि शववाहन नहुँदा बिरामी बोक्ने एम्बुलेन्स र यात्रु बोक्ने जिपमै शव बोक्नुपर्ने बाध्यता रहेको छ ।
पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम
दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ ।
जनावर र चराचुरुङ्गीको लागि रिचार्ज पोखरी तयार
सुख्खा याममा जङ्गली जनावर र चराचुरुङ्गीहरूलाई पानीको अभाव हुन नदिन रुकुम पश्चिमका तीन स्थानमा रिचार्ज पोखरी निर्माण गरिएको छ । सानी भेरी गाउँपालिका –४ को टुरा, त्रिवेणी गाउँपालिकाको –९ को चौपारी र १० को भानीपोलेमा रिचार्ज पोखरी निर्माण गरिएको हो ।
द्वन्द्वपीडितले न्याय नपाएको गुनासो
सुर्खेतका द्वन्द्वपीडितले सरकारसँग कहिलेसम्म न्याय मागिरहने भन्दै प्रश्न गरेका छन् ।
बजेट कटौतीको मारमा जलस्रोत मन्त्रालय
प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बजेट कटौतीको मारमा परेको छ । सङ्घको ससर्त अनुदान घट्नु र प्रदेशकै समेत न्यून बजेट विनियोजन हुनुले कार्यक्रम कार्यान्वयनमा अन्योल छाएको छ ।
आठ बस्ती उच्च जोखिममा
जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका वडा नं. १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् ।
सूर्योदय
सुर्खेतको बिरेन्द्रनगरबाट बिहीबार बिहान देखिएको उदाउँदै गरेको सूर्य ।
कर्णालीमा नब्बे वटा झोलुङ्गे पुल निर्माणको तयारी
चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन योजना रहेको र कतिपय अहिले थप भएका प्रदेश सरकारले जनाएको छ ।
स्थानीय तहद्वारा नियम मिचेर रकमान्तर
दुई वडामा कुरा नमिलेपछि कर्णाली प्रदेश सरकारले दिएको ६० लाख रुपियाँ फ्रिज भएको छ ।
सहकारीपीडित आन्दोलित
जुम्लामा रहेको दियालो बचत सहकारी संस्थाले करोडौँ रकम बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ता सडकमा उत्रिएर आन्दोलित भएका छन् । बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै आन्दोलित भएका हुन् ।
कर्णालीमा बेपत्ताको खोजी जारी
कालीकोटको पचालझरना गाउँपालिका–८, चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसिबी (डोजर) पल्टिँदा बेपत्ता भएकाको खोजी जारी रहेको छ ।
हिमपातमा फसेकाको उद्धार
यात्रा गर्ने क्रममा परेको हिमपातले अलपत्र परेका एक जनालाई प्रहरीले उद्धार गरेको छ ।
फुर्कामा रमाउँदै महिला
भुओ पर्वमा माइती आएका यहाँका महिलाले फुर्का नाचेर रमाइलो गरेका छन् ।
राउटेलाई पोसिलो खानेकुरा दिन सुझाव
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई भत्ताभन्दा पोसिलो खानेकुरा दिनुपर्ने आवाज उठेको छ ।