सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।
आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु
शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पुर्याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते हुनुभएको थियो । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।
रसिदकै भरमा सवारी
सवारीचालक अनुमतिपत्र जारी भएको वर्षौंसम्म चालकले राजस्व तिरेको रसिदका भरमा सवारी चलाउँदै आएका छन् । सरकारले लाइसेन्स छपाइ नै नगरेपछि सवारीचालक अनुमतिपत्र रसिदकै भरमा चलेको छ । चौरजहारी नगरपालिका–५ का विराज ढकालले एक वर्षपहिला मोटरसाइकल चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण गर्नुभएको थियो । ढकाल जस्तै सयौँले यातायात कार्यालयमा तिरेको करको रसिदका आधारमा सवारीसाधन चलाउँदै आएका छन् । रसिदको भरमा यात्रा गर्दा पानीमा भिज्ने, पटक पटक ट्राफिक जाँचका क्रममा देखाउनुपर्ने भएकाले रसिद झुत्रो भएर समस्या पर्ने गरेको बताइन्छ ।
‘दसौँ राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्व’
मुख्यमन्त्री शर्माले १० औँ राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्वका रूपमा विकास हुने अपेक्षा गरिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले खेलाडीले आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न र कर्णाली चिनाउन आग्रह गर्नुभयो । उहाँले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला र देउडा पार्क निर्माणको बुधबार शिलान्यास गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलक : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताउनुभएको छ ।
किसानलाई परिचयपत्र वितरण
सुर्खेतको लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । मङ्गलबारदेखि नगरपालिकाले वर्गीकरणसहितको किसान परिचयपत्र वितरणको काम सुरु गरेको हो ।
पैँतालिस हजारलाई फाइजर खोप
हालसम्म कर्णाली प्रदेशका करिब ४५ हजार नागरिकले कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् । खोप कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा सञ्चालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा पाँच जिल्लाका करिब ४५ हजार नागरिकले फाइजर खोप (बुस्टर डोज) लगाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कोभिड–१९ विरुद्धको खोप कभरेज कम भएका दैलेख, कालीकोट, जुम्ला, सल्यान र सुर्खेतमा खोप अभियान सञ्चालन भएको थियो । जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपाल र एफएचआई–३६० को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको कोभिड–१९ विरुद्धको फाइजर खोप अभियानसमेत सम्पन्न भएको छ ।
बौद्धिक अपाङ्गता भएकालाई आवासीय विद्यालय
बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित आवासीय विद्यालय निर्माण थालिएको छ । सात वटै प्रदेशमा पूर्वाधारयुक्त अपाङ्गमैत्री आवासीय विद्यालय सञ्चालन गर्ने सङ्घीय सरकारको नीति अनुरूप कर्णालीमा विद्यालय भवन निर्माण थालिएको हो । वीरेन्द्रनगर नगरपालिका–११ मा भवन निर्माण भइरहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार कर्णालीमा अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको छुट्टै विद्यालय छैन ।
कर्णालीमा खुल्दै होटल
कर्णाली प्रदेशको राजधानी घोषणा भएसँगै आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी वीरेन्द्रनगरमा स्तरीय होटल खुल्ने क्रम बढेको छ । सुर्खेतको नगरकोट भनेर चिनिने वीरेन्द्रनगर नगरपालिका–१४ को गढीमा करिब २१ करोडको लागतमा स्टे होटल भ्याली भ्यु सञ्चालन गरिएको बताइन्छ । युवा व्यवसायी तर्कबहादुर शाहीले गढीको अग्लो डाँडामा एक बिघा जग्गामा सो होटल सञ्चालन गर्नुभएको हो । उहाँले मानसरोवर जाने भारतीय पर्यटक तथा मुगुको रारा जाने आन्तरिक पर्यटकलाई लक्षित गरी सो स्थानमा होटल सञ्चालन गरिएको बताउनुभयो ।
दुर्गममा निःशुल्क दन्त शिविर, पाँच सयभन्दा बढीले लिए सेवा
दैलेखको नौमुले गाउँपालिकामा सञ्चालित निःशुल्क दन्त शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । यही चैत ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन भएको शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका हुन् ।
सुर्किमारेमा एक घर एक धारा
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२, सुर्किमारे टोलमा एक घर एक धारा निर्माण गरिएको छ । चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सुर्किमारेका ५४ वटा घरमा खानेपानीको सुविधा पु¥याइएको छ । स्थानीय लक्ष्मी ओली डाँगीले घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको बताउनुभयो । उहाँका अनुसार खानेपानी ल्याउनका लागि बिहानै गाग्री बोकेर मूलसम्म जानुपर्ने बाध्यता हटेको छ । पशु चौपायालाई खोलासम्मै लिएर पानी खुवाउनुपर्ने अवस्था थियो । मान्छेका लागि बोकेर ल्याउन करिब एक घण्टा लाग्थ्यो । अब त घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको छ ।
दलित आयआर्जन अलपत्र
कर्णाली प्रदेश सरकारको ‘मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम’ पछिल्ला वर्षमा अलपत्र परेको छ । लक्षित वर्ग र समुदायसम्म कार्यक्रम पुग्न नसकेपछि बजेट विनियोजनसमेत हुन छाडेकाले कार्यक्रम थप अन्योल बनेको छ । कर्णाली प्रदेशमा आर्थिक तथा सामाजिक रूपले विपन्न अवस्थामा रहेका दलित समुदायको उन्नतिका लागि सुरु गरिएको सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । दलित समुदायका नागरिकको व्यावसायिक ज्ञान, सिप र क्षमतामा वृद्धि गर्न सिप विकास, सामग्री तथा पूर्वाधार निर्माण र वित्तीय पहुँचमा सहयोग गरी गरिबी निवारण गर्ने सरकारको लक्ष्य रहेको थियो । सरकारको लक्ष्य आकर्षक भए पनि कार्यान्वयनको तहमा असफल सिद्ध भएको छ ।
तीन तहबिच समन्वय हुन सकिरहेको छैन
साबिकका दहचौर, गुमी, घुमखहरे, मेहेलकुना, सहारे, मालारानी र धारापानी गाउँ विकास समितिको भूगोल समेटेर विसं २०७३ सालमा गुर्भाकोट नगरपालिका घोषणा गरिएको हो । गुर्भाकोटमा खेतीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइको पर्याप्त सुविधा छैन । गुर्भाकोट नजिकै भेरी नदी बगे पनि किसानले त्यसको लाभ लिन सकेको पाइन्न । आकाशे पानीको भरमा खेती गर्नुपर्ने यहाँका बासिन्दा जीविकोपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्याला मजदुरी र वैदेशिक रोजगारीमा गएको पाइन्छ । गुर्भाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट हस्त पुन हुनुहुन्छ । पालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित पुन अघिल्लो कार्यकालका विकास निर्माण र योजनाका कतिपय कार्यलाई जारी नै राखेको बताउनुहुन्छ । प्रस्तुत छ, प्रमुख पुनसँग गोरखापत्रका छिन्चु समाचारदाता नवीन सुवेदीले गर्नुभएको कुराकानी :
जुम्लाको गुठिचौरमा विपश्यना केन्द्र स्थापना
जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर (विपश्यना केन्द्र) स्थापना गरिएको छ । गुठिचौर गाउँपालिका– ३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ ।
तीन पालिकाले बुझाएनन् प्रतिवेदन
जाजरकोटका स्थानीय तहको अर्धवार्षिक समीक्षामा तीन वटा स्थानीय तहले प्रगति प्रतिवेदन सार्वजनिक नै गर्न सकेनन् । स्थानीय तह एवं सरकारी कार्यालयले सञ्चालन गरेका कार्यक्रम, तिनमा देखिएका समस्या, समाधानका उपायको खोजी र आगामी कार्यक्रमका विषयमा जनतालाई जानकारी दिन अर्धवार्षिक समीक्षा कार्यक्रम राखिने व्यवस्था छ । बारेकोट, कुसे र जुनीचाँदे गाउँपालिकाले तयारी नपुगेको बहाना बनाउँदै समीक्षा बैठकमा प्रगति प्रतिवेदन पेस गरेनन् । तीन वटा पालिकाका जनप्रतिनिधि समीक्षामा उपस्थित भए पनि गाउँपालिकाले गरेका कामका विषयमा जानकारी नगराएपछि जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले असन्तुष्टि व्यक्त गर्नुभयो ।
रुख चढ्दै र ओर्लंदै परीक्षाको तयारी
काँक्रेविहारका जङ्गलमा करिब एक महिनादेखि १०–१२ जना युवतीको समूह रुख चढ्ने र ओर्लने प्रतिस्पर्धामा छन् । बिनाकुनै प्रविधि वा उपकरण हात र खुट्टाको चालमा सालका सुरिला र अग्ला रुखका टुप्पामा पुग्ने र झर्ने उनीहरूको कला अचम्मको छ । काँक्रेविहार मात्र होइन, वीरेन्द्रनगरमै रहेको कुइनेपानी जङ्गलका रुख पनि अहिले यस्तै प्रतिस्पर्धात्मक अभ्यासका कारण चिल्ला बन्न थालेका छन् ।
जलेकी किशोरीको मृत्यु
कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएकी किशोरीको मृत्यु भएको छ । शुक्रवार दिउँसो नवदुर्गा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते भएका थिए ।
जलेकी किशोरीको उपचारको क्रममा मृत्यु
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी इन्सिपेक्टर पोषण थापाले सामुदायिक वनमा आगलागी हुदा जलेर घाईते भएककी किशोरीको मृत्यु भएको जानकारी दिनुभयो ।
सिमकोटले तयार गर्यो भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड तयार गरेर गाउँसभाबाट पारित गरेको छ ।
शैक्षिक पूर्वाधार कार्यक्रम प्रभावकारी
कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु गरेको हो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमको निरन्तरतासँगै सामुदायिक विद्यालयको पूर्वाधार निर्माण तथा सुधारमा उल्लेख्य प्रगति देखिएको दाबी प्रदेश सामाजिक विकास मन्त्रालयले गरेको छ ।
भाँचिएको खुट्टाको उपचारका लागि सहयोगको माग
सिमिकोट गाउँपालिका–७ को डाँडाफया गाउँकी एघार वर्षकी बालिका घरको छतबाट लडेर दायाँ खुट्टा भाँचिएकी माया विकको उपचारका लागि सहयोग उठ्न सुरु भएको छ । आर्थिक अभावले विकको उपचारमा समस्या र विकद्वारा सहयोगको लागि याचना भन्ने सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्न सुरु भएको हो ।
सरकारी जग्गाको दुरुपयोग हटाउन निर्देशन
जिल्ला समन्वय समिति सुर्खेतले गोदामका लागि लगिएका सरकारी जग्गा अर्कै प्रयोजनमा प्रयोग गरेको पाइएपछि हटाउने भएको छ ।
अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ ।
दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् ।