हुम्ला समाचारदाता
हुम्ला, पुस १७ गते । यात्रा गर्ने क्रममा परेको हिमपातले अलपत्र परेका एक जनालाई प्रहरीले उद्धार गरेको छ । नाम्खा गाउँपालिका–४ सल्लीखोलामा ६५ वर्षीय तुन्दुक लामा हिमपातमा फसेपछि प्रहरी चौकी याल्वाङले उहाँलाई उद्धार गरेको हो । नाम्खा गाउँपालिका–४ को ढाँडकेर्मीबाट याल्वाङ जाँदै गरेका उहाँलाई सल्लीबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मासमेत लगाएको छ । प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले लामालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको बताउनुभयो ।
प्रहरीले लामालाई हिँउमा पल्टिएको अवस्थाबाट उद्धार गरेको थियो । हिउँमा फसेको अवस्थाबाट लामालाई स्ट्रेचरमा लगेर स्वास्थ्य चौकीमा पु¥याई उपचार गरिएको थियो । उपचारपछि लामालाई ज्वाइँ नाता पर्ने लालबहादुर तामाङको जिम्मा लगाइएको थियो । हिमपातले उक्त खण्डको सडक यातायात अवरुद्ध छ ।