सबै वडामा विद्युत् सुविधा पुर्याउने योजना छ
दैलेखको महावु गाउँपालिका कालीकोट जिल्लासँग जोडिएको गाउँपालिका हो । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकामध्ये साबिकका खरीगैरा, वडाखोला, रानीवन, गैँडावाज, काँसीकाँध मिलेर यो गाउँपालिका बनेको छ । महावुधाम यहाँको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधनपछि कार्यवाहक अध्यक्षका रूपमा काम गरिरहेकी तत्कालीन उपाध्यक्ष मञ्जुकुमारी शर्मा पाण्डे नेपाली कांग्रेसबाट विजयी हुनुभएको थियो । महावु गाउँपालिकाको समग्र विकासका बारेमा गोरखापत्रका दैलेख समाचारदाता कमल शर्माले उहाँसँग गर्नुभएको कुराकानी :
रित्तिँदै गाउँका विद्यालय, सहरमा विद्यार्थीको चाप : पूर्वाधार थपिए, विद्यार्थी घटे
बाह्र वर्षअघि विद्यार्थी खचाखच भरिने दुल्लु नगरपालिका–१०, राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी पनि छैनन् । २०४५ सालमा स्थापित यो विद्यालयमा भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयले यही स्कुलमा छोराछोरी पढाउँथे । अहिले यो विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ ।
शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु
हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।
पत्रकार महतारा पुरस्कृत
जिल्लामा क्रियाशील पत्रकार नवराज महतारा पहिलो पटक स्थापना गरिएको जयबहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
सम्झौता सकियो, निर्माण अधुरै
वीरेन्द्रनगरमा निर्माणाधीन दुई वटा सरकारी भवन अधुरै छन् । सम्झौता अवधि सकिए पनि भवन निर्माण कार्य सकिएको छैन ।
आगलागीबाट १८ घर नष्ट, ९० घर जोखिममा
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आगलागीका कारण १८ वटा घर जलेका छन् । आइतबार दिउँसो वन क्षेत्रबाट गाउँतर्फ सल्केको आगलागीका कारण सोमबार बिहानसम्म बाँफिकोटमा १८ घर जलेका हुन् भने ९० घर जोखिममा रहेका छन् ।
रकम वितरणमा ढिलाइ
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको करिब छ महिना पुग्दासमेत रुकुमपश्चिमका भूकम्पपीडितले अस्थायी आवास निर्माणको पहिलो किस्ता रकम पाउन सकेका छैनन् । स्थानीय तहले लाभग्राही कायम गरेर जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गरेका ३२ हजार ९९६ जना लाभग्राही पुगेका छन् तर हालसम्म ३१ हजार ८५ जनाले मात्र पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन् ।
छ वर्षदेखि नाका बन्द
तिब्बतसँग जोडिएको मुगुको नाक्चेलाङ्ना नाका छ वर्षदेखि बन्द अवस्थामा छ । छ वर्षसम्म पनि नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भइरहेको छ । सो नाका बन्द हुँदा जिल्लाभरिकै व्यापार, व्यवसायमा असर परिरहेको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष कार्मा लामाका अनुसार यसअघि जिल्लाको उत्तरी भेगमा पर्ने नाक्चेलाङ्ना नाका चीनको स्थानीय सरकारले वर्षको एक पटक खोल्ने गरेको थियो । तिब्बतले हाटबजार सञ्चालन गर्न तथा अरू मालवस्तुको व्यापार व्यवसायका लागि एक सातादेखि दुई सातासम्म नाका खुला गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विगत छ वर्षअघि कोभिडका कारण उक्त नाका चीन सरकारले बन्द गरेको थियो ।
सार्वजनिक जग्गा खाली गराउने कार्यबाट पछि हट्यो रास्कोट
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले आफ्नो यरियाको सार्वजनिक जग्गा खाली गराउनबाट पछि हटेको छ ।
सडकमा रहेको विद्युतको पोल हटाइने
सिमकोट गाउँपालिका– ५ र ६ बजार क्षेत्रको सडकमा रहेको विद्युतको पोल हटाइने भएको छ । हिल्दुम विद्युत वितरण केन्द्रलाई पोल सार्न बजेटको व्यवस्था भएपछि सडकको बिचमा रहेको पोल हटाइने भएको हो ।
कर्णाली प्रदेशमा पूर्वाधार निर्माण जोड
प्रतिनिधिसभा पूर्वाधार विकास समिति सदस्य तथा निर्माणधिन सडक अनुगमन संसदीय समितिका संयोजक ऐनबहादुर शाहीले कर्णाली प्रदेशमा पूर्वाधार निर्माणलाई सरकारले प्रथामिकता दिनुपर्ने बताउनुभयो ।
भर्नामा छुटे राउटे बालबालिका
सरकारले प्रत्येक समुदायमा पुगेर समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासाथ विद्यार्थी अभियान २०८१ सञ्चालन गरिरहेको छ तर राउटे बालबालिकासम्म विद्यार्थी भर्ना अभियान पुग्न सकेको छैन । लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने मान्यताले राउटे समुदाय पछिल्लो समय सामाजिक संस्कारसँग जोडिँदै आएका भने छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा जोड्न नसक्दा राउटे समुदायका बालबालिका शिक्षाको अवसरबाट टाढिएका छन् । राउटे परियोजना सञ्चालन गरिरहेको एक गैरसरकारी संस्थाका जोडी शिक्षक लालबहादुर खत्रीले राउटे बालबालिकामा पढ्ने इच्छा भएको भए पनि अभिभावकले नै पढ्न नदिने गरेको बताउनुभयो । उहाँले बालबालिकालाई छ वर्षदेखि नाम लेख्न र अक्षर सिकाउन लागिएको भए पनि त्यो काम पनि समुदाय बसेको ठाउँभन्दा अलि टाढैबाट गरिरहेको जानकारी दिनुभयो ।
गहना जोगाउन घरभित्र जाँदा वृद्धाको मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ दारकाट्यामा आगलागीमा परेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
कर्णाली कोरिडोरको हुम्ला सडकखण्ड विस्तार सुरु
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक विस्तारको काम सुरु भएको छ।
एघारौं दिनसम्म पनि भीमाकाे शव अस्पतालमै
गत चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीय भीमा गुरुङको शव परिवारले बुझ्न मानेका छैनन् । शव ११ दिनदेखि प्रदेश अस्पतालमै छ ।
नक्कली भूकम्प पीडितविरुद्ध उजुरी गर्न आग्रह
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले नक्कली रूपमा भूकम्पपीडित बनेर अस्थायी आवास अनुदान लिएको भए त्यस्ताका विरुद्ध उजुरी गर्न आग्रह गरेको छ ।
जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु
धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो ।
यो वर्ष पाठ्यपुस्तकको समस्या हट्यो
कर्णाली प्रदेशको कालीकोटमा यस वर्ष भने समयमै पाठ्यपुस्तक पुगेको छ । विगतका वर्ष वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने समस्या थियो । नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक हातमा पर्दा विद्यार्थीसँगै शिक्षक हर्षित भएका छन् । जनजीवन माध्यमिक विद्यालय ताडीका प्रधानाध्यापक तेजबहादुर शाहीले शैक्षिक सत्र सुरु हुनुअघि नै पहिलो पटक पाठ्यपुस्तक पुगेको बताउनुभयो ।
भिरबाट लडेर वृद्धाको मृत्यु
जाजरकोटमा एक वृद्धाको भीर वाट लडेर मृत्य भएको छ । जिल्लाको बारे कोट गाउँपालिका ४ जिरी गाउँकी ७४ वर्षीया जया देवी विकको हिजो बेलुका मृत्यु भएको छ । घर वाट नजिकको अर्को गाउँमा जाने क्रममा एक्कासि भीर वाट लड्दा गम्भीर घाइते भएकी वृद्धाको उपचारको तयारीकै क्रममा मृत्यु भएको वडाध्यक्ष विष्णु रावतले जानकारी दिनु भयो ।
नौ महिनामा बयालिस प्रतिशत खर्च
आर्थिक वर्ष सुरु भएको नौ महिनामा ४२.६१ प्रतिशत वित्तीय प्रगति भएको पाइएको छ । आव सुरु भएको लामो समय भए पनि योजना सम्झौताका लागि ढिलाइ हुनका साथै उपभोक्ता र निर्माण कम्पनीले काम पनि सुस्त गर्दा वित्तीय प्रगति हासिल भएको हो । सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहोराले नौ महिनामा उल्लेख्य आर्थिक प्रगति हासिल हुन नसकेको बताउँदै गत वर्षभन्दा प्रगति भने कम नरहेको बताउनुभयो ।
गोरखापत्रकर्मी सुवेदीलाई युवा पत्रकारिता पुरस्कार
पत्रकार महासंघ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कार –२०८१ बाट गोरखापत्र दैनिकका समाचारदाता नवीन सुवेदी सम्मानित हुनुभएको छ ।
डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास
रुकुमपश्चिममा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ ।
भेरी पुल
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेका रत्नराजमार्ग अन्तर्गत भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य ।
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख
कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुर्खेतको १२ औँ अधिवेशन तथा साधारणसभाको उदघाटन गर्दै उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको ठूलो भूमिका रहेको बताउनुभयो ।