• १६ पुस २०८१, मङ्गलबार

भारतमा अलपत्र १३ जुम्लावासीको उद्धार

blog

भारतमा अलपत्र परेका व्यक्तिहरु । तस्बिर : सामाजिक सञ्जाल

नेत्र शाही 

जुम्ला, पुस १४ गते । कामको सिलसिलामा भारत गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरी नेपाल पठाइएको छ । सामाजिक सञ्जालमा भारतमा अलपत्र भएको भिडियो सार्वजनिक भएपछि जुम्लाका सांसद छिरिङ ल्हामु लामा तामाङ लामाले रु. ८० हजार नगद रकम पठाएर गाडीबाट घर फर्किने वातावरण बनाउनुभएको हो । 

सांसद लामाका अनुसार निर्माण व्यवसायीले काम दिने भनेर भारतमा लिएर गएका रहेछन् तर उनी भागेपछि १३ जना नागरिक अलपत्र भएको खबर भयो, खानपिन र नेपाल फर्किन घर सम्मका लागि रकमनै पठाएर भारतबाट नेपाल फर्किन थालेका जानकारी दिनुभयो । उहाँका अनुसार एक निर्माण व्यवसायीले दार्जिलिङ काममा लगाउने भन्दै लिएको तर उनीहरुलाई अरुणाञ्चल करिब चीनकाे सीमामा लिएर अलपत्र छोडेपछि उद्धारका लागि अपिल गरिरहेका थिए । आज उनीहरु त्यहाँबाट नेपाल फर्किएका छन् । 

स्थानीय रामचन्द्र नेपालीका नेपालीका अनुसार चन्दननाथ ७ मिचा गाउँका कलिमान सार्की, हरि कामी, दत्त सार्की, रत्न सार्की, रमेश सार्कीसहितका एक दर्जन व्यक्ति नेपालगञ्जबाट एक जना व्यक्तिले काम गर्न भनेर त्यहाँ लिएको र अलपत्र परेका थिए । सांसद लामासँग कुरा भएपछि रु. ८० हजार सहयोग भएर नेपाल आउँदै गरेको र घटनाको विस्तृत जानकारी लिन प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँहरु भोलि मात्रै काकडभिट्टा आइपुग्ने छन् । 

अलपत्र नागरिकलाई उद्धार गरेको भन्दै स्थानीय र आफन्तले खुशी व्यक्त गरेका छन् । उनिहरुले नगद पैसा नै दिएर सहयोग गर्ने सांसद लामालाई धन्यवाद गरिरहेका छन् । सांसद लामाले मध्यरात सम्पर्क गरेर टोलीलाई नेपाल फर्कन व्यवस्था गर्नुभएकोमा आफन्तले धन्यवाद दिएका छन् । त्यो टोलीको साथमा जुम्लाका महेशजंग शाहीले सहजीकरण गरेर नेपाल फर्किन साथ दिएका छन् । 

उहाँका अनुसार उनीहरुलाई नेपाल आउनका लागि सांसद लामाले रु. ८० हजार सहयोग गरेपछि मिचाका शैलेन्द्र केसीले रु. ४५ हजार र कर्साङ ठकुरीबाट रु. १६ हजार नेपाल आउनलाई सहयोग भएको छ ।