सल्यान समाचारदाता
सल्यान, पुस १२ गते । यहाँका स्थानीय तहले बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाउन थालेका छन् । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह बढेपछि अन्त्यका लागि रणनीति बनाउन लागेको स्थानीय तहले जनाएका छन् । १० स्थानीय तहमध्ये जिल्लमा तीन वटाले यही पुस १५ भित्र रणनीतिक योजना बनाइसक्ने गरी काम गरिरहेका छन् । शारदा नगरपालिका, कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले रणनीति बनाउन लागेका हुन् ।
शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश टेवकोटाले विवाह गर्ने उमेरमा सम्बन्धविच्छेदकालागि उजुरी न्यायिक समितिसम्म आउनु दुःखद छ ।
बालविवाह रोक्न रणनीतिक योजना तयार गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बालविवाह कानुनी रूपमा वर्जित भए पनि बालविवाह हुने गरेकाले बालविवाह रोक्न आउँदो नगर सभामै खाका प्रस्तुत गर्ने गरी काम भइरहेको छ ।
कपुरकोट गाउँपालिकामा पुस १५ सम्म रणनीति बनाइसक्ने गरी काम भइरहेको छ । पालिकाभित्र बालविवाहको अध्ययन गर्न पछिल्लो पाँच वर्षयताको तथ्याङ्क सङ्कलन भइरहेको छ ।