केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री
यतिबेला कर्णालीको राजनीति तातिएको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि यहाँको राजनीतिमा तरङ्ग पैदा भएको हो ।
हावाहुरीले उडायो भूकम्पपीडितका टहरा
अस्थायी आवास (टहरा) हावाहुरीले उडाएपछि रुकुमपश्चिमका भूकम्पपीडित थप विपत्तिमा परेका छन् । शनिबारको हावाहुरीले सानीभेरी गाउँपालिका–२, परियार टोलका अस्थायी आवासको छानो हुरीले उडाइदिएको थियो । स्थानीय उज्ज्वल ओलीका अनुसार जस्तापाता प्रयोग गरेर बनाएको टहरा हावाहुरीले उडाएको र अन्नपात र लत्ताकपडामा वर्षाले क्षति पु¥याएको बताउनुभयो । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले भूकम्पको पीडा खेपिरहेका सर्वसाधारणलाई हावाहुरी र पानीले थप पीडा दिएको बताउनुभयो । हालसम्म सानीभेरीमा ५२ वटा अस्थायी टहरा हावाहुरीले उडाएको विवरण आएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । हुरीले कालिका आधारभूत विद्यालयको छत र सिकाइ केन्द्रमा समेत क्षति पुगेको बताइन्छ ।
व्यक्तिगत माग सम्बोधन गरिँदैन
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले स्थानीयवासीको आयआर्जन, सडक पहुँच विस्तार, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्नुभएको छ । नेपाली कांग्रेस हुम्ला पार्टी सभापति तथा अध्यक्ष सिंहमा पालिकाको विकास द्रुत गतिमा कसरी गर्न सकिन्छ भन्ने हुटहुटी देखिन्छ । रैथाने बाली निकासीमार्फत स्थानीय उत्पादनको प्रवर्धन, आयआर्जन जस्ता कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेका अध्यक्ष सिंहले पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउनुभएको छ । प्रस्तुत छ, अध्यक्ष सिंहसँग गोरखापत्रका हुम्ला समाचारदाता राजन रावतले गर्नुभएको कुराकानी–
मुआब्जा वितरण अन्तिम चरणमा
कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासनले सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सकिने अवस्थामा रहेको जनाएको छ । प्रशासनले चरण, चरणमा गरी २०७६ देखि जग्गाको लगत कट्टा गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।
कर्णालीमा मुख्यमन्त्री एमालेलाई
सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाले)ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताउनुभयो ।
पेट्रोलियम उपकरण दैलेखमा
दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख आइपुगेका छन् । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा सोमबार दैलेख आइपुगेका हुन् । दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेको कामका लागि चीनबाट ल्याइएका उपकरण दैलेख आइपुगेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मिनी ट्रक २२ वटा र एउटा १२ चक्के ट्रक जलजले पुगेका छन् । उहाँले साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठुला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा पुग्न लागेको
बुढ्थापाको गीतिनाटक ‘प्रतिज्ञा’ विमोचन
वि.सं २०३८ सालमा लेखिएको गीतिनाटक ‘प्रतिज्ञा’ को तेस्रो प्रकाशन विमोचन गरिएको छ । जुम्लामा सुर्खेत–जुम्ला उच्च अदालत इजलासका न्यायाधीश कैलाश गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यबाट लेखक ७७ वर्षीय रामकृष्ण बुढ्थापाद्वारा लिखित नाटकको विमोचन गरिएको हो ।
दश जिल्लाका १३ विद्यालयलाई नमुनाका रूपमा विकास गरिने
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने भएको छ ।
नेकपा एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा
नेकपा (एमाले) रुकुमपश्चिमको अध्यक्षमा पुनः नन्दराम देवकोटा सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न एमाले रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशनबाट देवकोटासँगै ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्याइयो
दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्याइएको छ ।
हेलेसे भिरमा 'आरसिसी'
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ८ को हेलेसे भिर सडक खण्डमा 'आरसिसी' सुरु गरिएको छ । कर्णाली कोरिडोरको खुलालुदेखि लालु रानीखेत सम्मको सडक खण्डको सबैभन्दा जोखिम खण्डमा सडक आरसिसी गर्न सुरु गरिएको हो ।
हिल्सा सिमकोट सडक निर्माण प्रभावित
हिल्सा सिमकोट सडक आयोजनाको निर्माण कार्य प्रभावित हुने अवस्थामा पुगेको छ । आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट आएको बजेट कम बिनियोजित भएपछि निर्माण कार्य प्रभावित भएका हुन ।
अख्तियारबाटै पीडित विद्यालय व्यवस्थापन पदाधिकारी
विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थीबाट सङ्कलन गरिएको सामान्य शुल्कको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दुःख दिने कार्य भएको सुर्खेतका सामुदायिक विद्यालय व्यवस्थापन समितिले जनाएका छन् । विद्यालयमा गुणस्तरीय शिक्षा सञ्चालनका लागि समस्या भएपछि सामान्य रूपमा अभिभावकबाट शुल्क असुल गरिएका विषयमा अख्तियारमा उजुरी दिइने र पटक पटक बयानका लागि बोलाएर दुःख दिएको गुनासो विद्यालय व्यवस्थापन समितिको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कर्णाली प्रदेशले आइतबार सुर्खेतमा गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय व्यवस्थापन समितिको भूमिका विषयक अन्तर्क्रिया आयोजना गरेको थियो । सो कार्यक्रमका सहभागीले देशभरका सामुदायिक विद्यालय अख्तियारमा धाउँदा धाउँदा हैरानी खेप्नु परेको गुनासो गरेका हुन् । महासङ्घका कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले शुल्क उठाइएको विषयमा उजुरी परेपछि आफूहरू पटक पटक अख्तियार धाउँदा हैरानी खेप्नु परेको बताउनुभयो ।
थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु
एउटै गाउँपालिकाले थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु गरेको छ । रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि यति धेरै जग्गामा रैथाने बाली लगाउन थालिएको हो ।
हराउन थाले रैथाने घर
कालीकोटमा पछिल्लो समय कर्णाली लोकमार्ग र कर्णाली कोरिडोरले यहाँको विकास र आर्थिक उन्नतिमा राम्रो प्रभाव परेको छ तर विकास निर्माणसँगै रैथाने घरहरू भने हराउन थालेका छन् । विकासका कारण परम्परागत रूपमा बनेका घर, मठमन्दिर हराउन थालेका हुन् । कलात्मक रूपबाट ढुङ्गामाटो र काठले बनेका घरमा सिमेन्ट लगाउने, छाना फेरेर जस्तापाता लगाउँदा रैथाने घर हराउनुका साथै महत्व पनि घटेको छ ।
हुम्लामा मात्र सवारी दुर्घटनाबाट २९ जनाको मृत्यु
पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा पाँच वर्षयता सवारी साधन दुर्घटनामा परि २९ जनाको मृत्यु भएको छ । जिल्लाका आन्तरिक रूपमा सञ्चालनमा आएका सडकमा सवारी दुर्घटनामा पनि ठुलो रूपमा मानवीय क्षती भएको हो ।
शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे-मेला लाग्ने भएको छ । वडा नम्बर ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ महिनाको १६ गतेदेखि १९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।
हिल्सा नारा सडक तीन महिनादेखि अवरुद्ध
कर्णाली कोरिडोरको सिमिकोट हिल्सा सडक खण्डको यारी नारा हुँदै हिल्सा सडक तीन महिनादेखि अवरुद्ध हुँदै आएको पाइएको छ ।
सुर्खेतमा बढ्दो सिकलसेल
सुर्खेत जिल्ला वीरेन्द्रनगरका थारू समुदायले सिकलसेल रोगको समस्या भोगिरहेका छन् । तथापि, थारू समुदायमा सिकलसेलको बृहत् परीक्षण हुन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ अनुसार वीरेन्द्रनगरमा थारू समुदायको सङ्ख्या सात हजारभन्दा बढी छ । सिकलसेल सामुदायिक अनुसन्धान केन्द्र सुर्खेत जिल्ला संयोजक डिलबहादुर चौधरीका अनुसार गत आर्थिक वर्षमा वीरेन्द्रनगरका ७३५ जनाको सिकलसेल परीक्षण गराइएको थियो । उक्त परीक्षणमा ७० जना सिकलसेल पोजेटिभ देखिएका थिए । त्यसअघि एक हजार ३०२ जनामा गरिएको परीक्षणबाट ३१३ जनामा सिकलसेल पोजेटिभ देखिएको थियो । सबैको स्वास्थ्य परीक्षण गराउँदा यो सङ्ख्या अझै बढ्न सक्ने बताइन्छ ।
जोखिमपूर्ण काममा महिला कामदार
गाउँघरबाट बाहिर निस्कन पनि लाज मान्ने र सार्वजनिक विकास निर्माणका कार्य नजाने महिला पछिल्लो समय जोखिमपूर्ण काममा देखिन थालेका छन्।
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ ।
भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता
जाजरकोट भूकम्पको पाँच महिना बित्दासमेत भूकम्पपीडितले अस्थायी आवासको दोस्रो किस्ता पाउन सकेका छैनन् । जिल्लामा ४२ हजार ५२४ लाभग्राही कायम रहेकोमा हालसम्म नौ हजार १४९ जनाको मात्र दोस्रो किस्ताका लागि विपत् पोर्टलमा नाम प्रविष्ट भएको छ ।
स्वास्थ्य रणनीतिको फितलो कार्यान्वयन
स्वास्थ्य सेवाको पहुँच जनस्तरमा पुर्याउन २०७७ सालमा ल्याइएको प्रदेश स्वास्थ्य रणनीतिको कार्यान्वयन अवस्था फितलो देखिएको छ । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवालाई जनस्तरमा लैजान तीन वर्षअघि स्वास्थ्य रणनीति बनाएको थियो । सो रणनीतिमा कार्यान्वयन गरिने योजना, कार्यक्रम र रणनीति समावेश गरिएको थियो ।
वन्यजन्तुको चोरीसिकारी
बारेकोट गाउँपालिकाका सामुदायिक जङ्गलका लोपोन्मुख वन्यजन्तुको अवैध रूपमा चोरीसिकारी बढेको छ । बारेकोट गाउँपालिका–४ का मोहन सिंहका अनुसार लोपोन्मुख वन्यजन्तु कस्तुरी, मृग, रेडपान्डा, भालु, बाघ, चिरकालिज, बँदेल, रतुवा, झारल जस्ता वन्यजन्तुको चोरीसिकारी भइरहेको छ । बारेकोटमा विश्वमै लोपोन्मुख वन्यजन्तु पाइन्छ । चोरीसिकारी रोक्न सरकारी पक्षको कुनै पहल भएको छैन । बारेकोटका सामुदायिक वनमा वन्यजन्तुका लागि फलामे पासो, पासा, नाइलनको पासो, प्लास्ट्रिक पासो अवैध रूपमा प्रयोग भइरहेको छ । बारेकोट गाउँपालिका मात्र होइन जिल्लाका सात वटै स्थानीय तहमा वन्यजन्तुको चोरीसिकार भइरहेको जनगुनासो छ । कुशे गाउँपालिकामा अत्यधिक मात्रामा अवैध चोरीसिकारी भइरहेको स्थानीय रेशम पौडेलले जानकारी दिनुभयो ।