तीस वर्षपछि हर्क बहादुर घर फर्कँदा परिवारमा खुसीयाली
जिल्लाको भेरी नगरपालिका‒१ रावत गाउँका एक बाबुछोराको तीस वर्षपछि भेट भएको छ । रावत गाउँका ८५ वर्षीय नदे कामी र उहाँका ५५ वर्षका छोरा हर्कबहादुर कामी बिच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस वर्ष पहिले बेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए ।
बालविवाह विरुद्ध आमा समूह
कालीकोट जिल्लाका ग्रामीण क्षेत्रका महिलाहरू बालविवाह विरुद्धको अभियानमा लागेका छन् । खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा सङ्गठित आमा समूहहरू आफै बालविवाह विरुद्धको अभियानमा जुटेका हुन ।
एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित
नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको मतदानमा उहाँले अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । देवकोटाले जम्मा तिन सय ५१ मत प्राप्त गर्नु भएको छ भने बिसीले एक सय ३२ मत प्राप्त गर्नु भएको छ ।
जीवन बिमासम्बन्धी जनचेतना फैलाइँदै
दुर्गमका गाउँ बस्तीका जीवन बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । बिमाको महत्व र उपयोगिताबारे जनचेतना फैलाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो । सर्केगाड गाउँपालिका–४ का वास्तमी टमटाले जनचेतनामूलक कार्यक्रमबाट जीवन बिमाको महत्व, फाइदा, उपयोगिताका बारेमा जानकारी प्राप्त भएको बताउनुभयो ।
आय–आर्जनका लागि सामग्री प्रदान
कालीकोटको तिलागुफा नगरपालिकामा स्थानीय समूहको आयआर्जन वृद्धिका लागि विभिन्न सामग्री प्रदान गरिएको छ ।
छारे भीर छेडेर सडक निर्माण (फोटो फिचर )
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ र सर्के गार्ड गाउँपालिकाको सिमाना छारे भीरको चट्टानी क्षेत्रमा सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
जनता आवासमा गरिबको बास
हरियो जस्तापाताले छाएको छानो, चिटिक्कको घर र त्यही घरमा बस्नुहुन्छ, सीता नेपाली । २० वर्षदेखि झुपडीमा बस्दै आएकी नेपाली एक वर्षदेखि नयाँ घरमा बस्न थाल्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका–७, भानुचोकमा सरकारले नेपालीलाई नयाँ घर बनाइदिएको छ । सरकारले गरिब र सीमान्तकृत समुदायका नागरिकलाई व्यवस्थित आवास निर्माण गर्ने सपना मात्र देखाएन, साँच्चै गरिबलाई घर बनाइदिएको नेपालीले बताउनुभयो । गत वर्ष सरकारले उहाँलाई दुई कोठाको घर बनाइदिएको छ । पहिलेभन्दा आफ्नो जीवनशैली नै बदलिएको भन्दै नेपालीले अब रोजगारीका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
दस जिल्लामा औद्योगिक ग्राम बनाउने योजना अलपत्र
कर्णाली प्रदेशका १० जिल्लामा औद्योगिक ग्राम बनाउने योजना अलपत्र बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा केन्द्र सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने योजनासहित ग्राम बनाउने घोषणा गरेको थियो । यसका लागि सरकारले प्रत्येक स्थानीय तहलाई ९२ लाख रुपियाँसम्मको बजेट व्यवस्थापन गर्ने जनाएको थियो । स्थानीय तहले औद्योगिक ग्रामको डिपिआर बनाएपछि भौतिक संरचना निर्माण गर्ने गरी रकम व्यवस्थापन गर्ने जनाइएको थियो । छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटी स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सिप प्रयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गर्ने भनिएका कर्णालीका औद्योगिक ग्राम योजना अहिले अलपत्र अवस्थामा छ ।
अदानचुलीको पाम्समा गाडी दुर्घटना दुईको मृत्यु, पाँच जना घाइते
हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिनुभयो ।
दलित ऐन बनाउने भेरीगङ्गा पहिलो पालिका
सुर्खेतको भेरीगङ्गा नगरपालिकाले दलित सशक्तीकरण ऐन निर्माण गरेको छ । कर्णाली प्रदेशकै पहिलो पालिकाका रूपमा भेरीगङ्गाले १४ औँ नगर सभाबाट सो ऐन पारित गरेको हो । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये भेरीगङ्गा नगरपालिकाले मात्रै दलित ऐन निर्माण गरी दलितको सशक्तीकरणमा प्रतिबद्धता जनाएको छ । दलित महिला सङ्घ सुर्खेतले सो पालिकालाई ५९ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर शुक्रबार सम्मानसमेत गरेको छ ।
भूकम्प पीडितको करोडौँ रुपियाँ हिनामिना आरोपमा प्रभु बैङ्कका इन्चार्ज पक्राउ
रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ राडीमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैकका कर्मचारी पक्राउ परेका छन् ।
माछालाई झरिउँला हाल्दा किशोर नदीमा बेपत्ता
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन् । विद्यालयबाट आयर तिला नदीमा माछालाई झरिउँला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाही नदिमा बेपता भएका हुन् ।
हिल्दुमका किसान तरकारीखेतीमा आकर्षित
हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् ।
जनप्रतिनिधि नै भ्रष्टाचारमा
गत फागुन १६ गते हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष सौमती रावल ऐडीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भयो । गाउँपालिकाको वडा नं. ३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ योजनामा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध मुद्दा दर्ता गरेको हो । सिँचाइ योजनाको अनुगमनका व्रmममा वास्तविकताभन्दा बढी काम सम्पन्न भएको गलत प्रतिवेदन पेस गरेको आरोप ऐडीमाथि छ ।
नयाँ सहरका एक दर्जन योजना अधुरा
रुकुमपश्चिमको चौरजहारीमा रहेको नयाँ सहर आयोजना कार्यालयका एक दर्जनभन्दा बढी योजना बजेट अभावमा अधुरा रहेका छन् । निर्माण सुरु गरिएका कतिपय योजना चालु वर्षमा छुट भएका छन् भने अधिकांशमा बजेट अभाव छ । आयोजना प्रमुख इन्जिनियर कमलकुमार दर्लामी मगरका अनुसार चालु आर्थिक वर्षमा १०.७७ प्रतिशत मात्र बजेट खर्च भएको छ । सुरुवात गरिएका विभिन्न योजनाको स्रोत सुनिश्चित नहुँदा वित्तीय प्रगति हुन सकिरहेको छैन । उहाँले चालु वर्षमा विभिन्न योजना पूरा गर्न नौ करोड ३३ लाख रुपियाँको अभाव रहेको बताउनुभयो ।
तुइन मुक्त कालिकोट
कालीकोटलाई तुइन मुक्त जिल्ला बनाइएको छ । यहाँका नदीहरूमा बनाएका तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएपछि कालिकोट तुइन मुक्त भएको छ ।
सिँचाइ पुगेपछि उत्पादन वृद्धि हुने विश्वास
सर्केगाड गाउँपालिका–४ को गोडीखोला सिँचाइ आयोजना सञ्चालनमा आएको छ । निर्माण कार्य पूरा भएर सिँचाइ योजना सञ्चालनमा आएपछि खेती गर्न सहज भएको हो । सर्केगाड गाउँपालिका–४ को साँया गाउँका किसान नैन छत्यालले गोठीखोला सिँचाइ योजना सञ्चालनमा आएपछि खेतीपातीको सहज भएको बताउनुभयो । उहाँले यसअघि कुलो खनेर सिँचाइ गर्ने गरिएको भए पनि यस वर्ष सिमेन्टको नहर बनाइएका कारण पछिसम्म सिँचाइ व्यवस्थित भएको बताउनुभयो । सिँचाइ योजना स्थानीय उपभोक्ताबाट निर्माण गरिएको हो ।
मनोरञ्जन क्षेत्रका महिला बढी पीडित
वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ बसाइँ सर्ने क्रम बढिरहेको छ । राम्रो शिक्षा, रोजगारीको अवसरलगायतका कारण सुर्खेत वीरेन्द्रनगरमा पछिल्लो समय मनोरञ्जनको क्षेत्र पनि विस्तार हुँदै गएको छ । यहाँ दोहोरी साँझ, मसाज पार्लर, ब्युटी पार्लर खुल्ने क्रमसँगै विभिन्न साङ्गीतिक इभेन्ट पनि बढेको छ तर यस्ता मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला श्रमिकको ज्याला भने ज्यादै न्यून हुने गरेको पाइएको छ । श्रमिक महिला रक्षा सङ्घले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला श्रमिकले पारिश्रमिक थोरै पाउने गरेको, असुरक्षित महसुस गर्ने गरेको जस्ता गुनासो राखेका छन् ।
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता
चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो ।
संरक्षित क्षेत्रभित्रै वन्यजन्तु असुरक्षित
नेपालकै पहिलो संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र वन्यजन्तु भने असुरक्षित छन् । वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीमा रहेको सो क्षेत्रमा महिनैपिच्छे संरक्षित जनावर जरायो मर्ने गरेका छन् । जसका कारण संरक्षित वनमा वन्यजन्तु असुरक्षित बनेका हुन् । स्थानीयका अनुसार गत वैशाखदेखि यो चैतसम्म करिब ५० वटा जरायो मरेको अवस्थामा फेला परेका छन् । तीमध्ये केही कुकुरले लखेटेर, खाडलमा डुबेर र धेरैजसो पासोमा पारेर वा चोरी सिकारीले बन्दुक हानेर मारिएका छन् । लाटीकोइलीका स्थानीय सुदीपविक्रम जिसीले यसरी मारिँदा अहिले काक्रेविहारमा जरायोको सङ्ख्या घट्दै गएको छ ।
लिमीमा सोओन नाचको जगेर्ना गर्दै महिला
नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँमा परिपक्व भएकी महिलाले साना नानीहरूलाई सोआन नाच सिकाउने गर्दै आउनुभएको छ। आफ्नो संस्कृतिको जगेर्ना गर्न र नयाँ पुस्ताले सोओन नाच सिक्न पहिरनको प्रयोग गरिन्छ ।
रुकुमपश्चिममा एसइईको लागि २३ वटा केन्द्र तोकियो
आगामी चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रुकुमपश्चिममा २३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।
आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु
शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पुर्याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते हुनुभएको थियो । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।