हिउँ खेल्दै सशस्त्र प्रहरीद्वारा सिमानाकामा गस्ती
नेपाल र चीनको सिमाना रहेको हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकीका (बिओपी) सुरक्षाकर्मीले हिउँमा खेल्दै सिमानाका गस्ती गर्दैआएका छन् ।
नक्कली परीक्षार्थी पक्राउ
दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् ।
एमाले रुकुम पश्चिमको अधिवेशनको तयारी पूरा
नेकपा एमाले रुकुमपश्चिमको नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
प्राधिकरणले निकाल्यो सडकबत्ती
नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले सडकबत्तीको बक्यौता रकम नदिएको भन्दै वीरेन्द्रनगर नगरपालिकाको सडकबत्तीको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले विद्युत्का कर्मचारी प्रत्येक वडा वडामा खटाएर मङ्गलबारबाट सडकबत्तीको लाइन काट्न सुरु गरेको हो । वीरेन्द्रनगर नगरपालिका–४, ८ लगायतका मुख्य सडकका विद्युत् खम्बामा राखिएका चिम (बल्ब) निकालिएको छ । प्राधिकरणले विद्युतीय लाइन काटेपछि रातको समयमा उज्यालो हुने सडक अँध्यारो हुन थालेको छ । अँध्यारोले सहरको सुरक्षामा चुनौती थपेको छ ।
भूकम्पपीडितको अस्थायी टहरामा आगलागी
रुकुमपश्चिममा भूकम्पपीडितको अस्थायी टहरा (आवास) मा आगलागी भएको छ । सानीभेरी गाउँपालिका –४ बलिबाङ निवासी खड्क ओलीको अस्थायी आवासमा बुधबार बेलुका अगलागी भएको हो ।
सवारी दुर्घटनामा दुईको मृत्यु, चार घाइते
गमगढी–सोरू लोकमार्ग अन्तर्गत कच्याँको तारापानीमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
पञ्चमुखी हिमाल
हुम्लाको सिमकोट गाउँपालिका–५ मा रहेको तल्लो गाउँ र पृष्ठभूमिमा देखिएको पञ्चमुखी हिमाल ।
सरकारीको रकम हिनामिना गर्ने १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कर्णाली प्रदेशमा सरकारीको रकम दुरुपयोग गरेको आरोपमा १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एसइईको लागि १७६ जना जनशक्ति परिचालन
हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७६ जना जनशक्ति परिचालन हुने भएका छन् । कार्यालय सहयोगीदेखि केन्द्र अध्यक्षसम्म परीक्षा सञ्चालनका लागि ती जनशक्ति परिचालन भएका हुन् ।
डाक्टर नहुँदा न्युरो सेवा प्रभावित
चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको न्युरो सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्युरो (नसासम्बन्धी) सेवा प्रभावित भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन
रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ ।
भूकम्पपीडितसँग असुलिँदै एक हजार
नलगाड नगरपालिका–३ ले अस्थायी आवास निर्माणका लागि भूकम्पपीडितबाटै प्रतिघर एक हजार रुपियाँ असुल्न थालेको छ । विद्यालय, स्वास्थ्य, सार्वजनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न प्रतिव्यक्ति एक हजार रुपियाँ अनिवार्य लिन थालिएको छ । नलगाड नगरपालिका–३, कैनामा अस्थायी आवासको दोस्रो किस्ताबापत रकम लिन वडा कार्यालयमा अनिवार्य रकम जम्मा गर्न थालिएको छ । सर्वदलीय बैठकमा रकम नलिने भनी विरोध गरिए पनि वडाध्यक्षको मनपरीले रकम बुझाउनु परेको बताइन्छ । दोस्रो किस्ता रकम पाउन अनिवार्य रसिद काट्न बाध्य हुनु परेको पीडित बताउँछन् ।
‘कृषिसम्बन्धी नीतिमा पर्यावरणीय पक्षलाई ध्यान दिन आवश्यक’
कर्णाली प्रदेश सरकारले परागसेचक रणनीति बनाउन लागेको छ । परागसचेकमा (मौरी, भिरमौरी, भिङ्गा, बारुला, भमरा र पुतली) निर्भर बाली संरक्षणलाई प्रदेश सरकारले नीति मै समावेश गर्ने भएको हो । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले विश्वव्यापी वातावरणमा आइरहेको बदलावले समग्र कृषि क्षेत्रमा गम्भीर असर पर्दै गएको उल्लेख गर्दै पर्यावरणमैत्री कृषि नीति अपनाउन लागिएको बताउनुभयो ।
ख्यालख्यालैमा पुलबाट हामफाल्दा
कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानी कर्णालीको पुलमा जोखिमपूर्ण कार्य हुन थालेपछि सुरक्षाको आवश्यकता महशुस गर्न थालिएको छ ।
कुकुरकै भरमा भेडापालन
मुगु जिल्लाका हिमाली क्षेत्रहरूमा भने कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा दिइन्छ । हिमाली भेगका स्थानीय र भोटेजातका कुकुर जङ्गली जनावर स्याल, भालु, चितुवालगायतका जनावरसँग पनि डराउँदैन ।
कर्णालीमा घटिरहेका छन् विद्यार्थी, खस्किँदो छ गुणस्तर
राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सञ्चालन गर्न लागिएको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । परीक्षा बिहीबारदेखि सुरु भई २७ गते सम्पन्न हुने छ । देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । कर्णाली प्रदेशमाका ३५ हजार ८०८ जना परीक्षार्थीहरू एसइईमा सहभागी हुँदै छन् । जसमध्ये छात्रतर्फ १७ हजार ६२३ र छात्रातर्फ १८ हजार १५८ जना रहेका छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।
महिलाले पाएनन् समान ज्याला
कर्णाली प्रदेशमा महिला र पुरुष कामदारबिच समान ज्याला लागु हुन सकेको छैन । यहाँका श्रमिक कामदार तथा मजदुर महिलाले पुरुषको तुलनामा आधा मात्र ज्याला पाउने गरेका छन् । कर्णाली प्रदेश मुकाम सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दोहोरी, मसाज पार्लर, स्पा, खाजाघर, भट्टी पसल तथा निजी स्रोतबाट सञ्चालित उद्योग कारखानामा कार्यरत श्रमिक र मजदुर महिलाले समान ज्याला नपाएको गुनासो गरेका छन् । श्रमिक महिला रक्षा सङ्घद्वारा सुर्खेतमा आयोजित ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाको अवस्था’ विषयक अन्तर्क्रियामा यस्तो गुनासो गरिएको हो ।
कर्णाली पुलबाट १७ युवाले हामफाले
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वराका रुपमा रहेको चिसापानीस्थित कर्णाली नदीको पुलबाट सोमबार १७ जना युवाले हाम फालेका छन् ।
पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान गरेको छ । नगरपालिकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालीन जनमुक्ति सेनाले गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
खाल्डाखुल्डीले यातायात सञ्चालनमा सास्ती
कर्णाली कोरिडोरको हुम्ला खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्मको कच्ची सडकमा खाल्डाखुल्डी भएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।
हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप
हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।
सुर्खेत झर्नेलाई अतिथि सेवागृह
वीरेन्द्रनगरमा नागरिक अतिथि सेवागृह निर्माण थालिएको छ । दुर्गमका नागरिक उपचार र अन्य कामका लागि वीरेन्द्रनगर आउँदा बस्न सहजत गराउन अतिथि सेवागृह निर्माण गर्न लागिएको हो । भौगोलिक विकटताले सरकारी, स्वास्थ्य उपचारलगायत सेवा लिन प्रदेश राजधानी सुर्खेत झर्नुपर्ने हुन्छ । यही समस्यालाई ध्यानमा राखी प्रदेश सरकारले वीरेन्द्रनगरमा नागरिक अतिथि सेवागृह निर्माण सुरु गरेको बताइन्छ । वीरेन्द्रनगरमा ठुलो क्षमताको नागरिक अतिथि सेवागृह निर्माणको काम थालिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित राममन्दिरपरिसरमा उक्त भवन निर्माण भइरहेको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा प्रदेशको सामाजिक विकास मन्त्रालयले
दलितलक्षित कार्यक्रमलाई न्यून बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुख सामाजिक रूपान्तरण कार्यक्रमका लागि न्यून बजेट विनियोजन गरेकाले लक्षित समुदायमा प्रभावकारी कार्य हुन नसकेको सम्बद्ध पक्षको धारणा छ । सामाजिक विकास मन्त्रालयमार्फत सरकारले सो कार्यक्रमका लागि यस आर्थिक वर्षमा ११ लाख रुपियाँ विनियोजन गरेको थियो । दलित महिला सङ्घद्वारा सुर्खेतमा आयोजित कार्यक्रममा प्रदेशका १० जिल्लाका लागि ११ लाख रुपियाँ बजेटले के काम गर्न सकिन्छ भन्दै सरोकार पक्षले प्रश्न उठाएका थिए । प्रदेश प्रमुखको नाम जोडेर राखिएको कार्यक्रमलाई बजेट नदिने हो भने कार्यक्रमको औचित्य नै नभएको टिप्पणी उहाँहरूको थियो । सो कार्यक्रमले बालविवाह, जातीय विभेद, मर्यादित महिनावारी, छाउपडी, लैङ्गिक विभेद र हिंसा, सामाजिक सञ्जालको दुरुपयोग तथा साइबर अपराधविरुद्ध सचेतना जस्ता गतिविधि सञ्चालन गरिन्छ । सो कार्यक्रम अन्तर्गत बुलिङ, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, मादक पदार्थ तथा लागुऔषध दुव्र्यसनी, जोखिममा रहेका बालबालिका र विशेष संरक्षण तथा गैरजिम्मेवार अभिभावकत्व जस्ता कार्यक्रम समावेश छन् ।