डोल्पा, मङ्सिर १७ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित हुनुभएको छ ।
आइतबार सम्पन्न भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर झाँक्री निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । झाँक्रीले १६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार नरबहादुर रोकाले ११६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गर्नुभएको छ ।