• ७ पुस २०८१, आइतबार

जाजरकोटमा नौ हजारभन्दा बढी मत खस्यो

blog

मतदान गर्नु हुँदै वृद्धवृद्धा । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, मङ्सिर १६ गते । 
जाजरकोटमा नौ हजारभन्दा बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो २ बजेसम्म नलगाड नगरपालिकामा आठ हजार ६ सय ९६ र कुशे ७ को वडा अध्यक्षका लागि चार सय ७७ मत गरी जम्मा नौ हजार पाँच सय ७३ खसेको जानकारी गराएको छ । यो कुल मतदाता सङ्ख्याको  ५५ प्रतिशत रहेको छ ।

उपनिर्वाचनअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे ७ मा शान्ति पूर्णरुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे ७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले  कुशे गाउँपालिकाको २ वटा र नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जानकारी दिनुभयो ।

आजको मतदानका लागि कुशे ७ को वडा अध्यक्षका लागि एक हजार तीन सय दुई र नलगाड नगरपालिकामा १६ हजार चार सय ४९ गरी कुल १७ हजार सात सय ५१ मतदाता रहेका छन् ।