टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज
सिमकोट गाउँपालिका– ७ को स्याँडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज भएको छ । विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बिहीबारबाट यो सेवा सुचारु गरेको हो ।
रुसी सेनामा भर्ती भएका जाजरकोटका नवीनको निधन
रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्क विहीन भएका शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विद्यार्थीहरूका हातमा पुगेन पुस्तक
नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्याेलले हालसम्म विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको पाइएको छ । गत वर्षबाटै शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाएको भए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहहरूले आफ्नो निर्णय अनुसार फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेपछि हाल कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको हो ।
बर्सेनि घट्दै एसइईमा विद्यार्थी
कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन शैक्षिक सत्रको तथ्याङ्क अनुसार प्रदेशमा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ । यो वर्ष प्रदेशभरबाट ३५ हजार ८०८ विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । यो सङ्ख्या गत वर्षको भन्दा तीन हजार १६२ ले कम हो । २०७९ सालमा ३८ हजार ९७० जनाले एसइई दिएका थिए । शिक्षा विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशको कुल विद्यार्थी सङ्ख्या मात्रै नभएर जिल्लागत रूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी सङ्ख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् ।
चैत अन्तिममा एमाले कालीकोटको अधिवेशन
नेकपा (एमाले) कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। पार्टीको ११ औँ जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ।
खानेपानी मर्मत योजना : अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कालिकोटको महावैमा नुनको डिपो स्थापना
कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँमै नुन डिपोको स्थापना गरिएको हो ।
इन्जिनियरसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नाम्खा गाउँपालिकामा दादुरा-रुबेला विरुद्धको खोप लगाउन सुरु
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दादुरा रुवेला विरुद्धको खोप बिहीबारबाट सुरु भएको छ । जिल्लामा अन्य गाउँपालिकामा फागुन २५ गतेबाट सुरु भएपनि हिमपातले आउजाउ गर्ने अधिकांश खोप केन्द्रको बाटो बन्द भएको कारण खोप कार्यक्रम पछि सारिएको थियो ।
हेलिकोप्टरबाट नुन ढुवानी
सल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन हेलिकोप्टरबाट ढुवानी कार्य सम्पन्न भएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य सम्पन्न गरेको हो ।
कोरोनाविरुद्धको खोप लगाइँदै
सुर्खेतका चार पालिकामा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिकामा खोप लगाउन थालिएको हो । १२ वर्षमाथिकालाई चैत १ देखि ३ गतेसम्म खोप लगाइने जनाइएको छ । स्वास्थ्य सेवा कार्यालय सुर्खेत र इपिक नेपालको संयुक्त आयोजनामा कोरोनाविरुद्धको खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनश्याम बुढाले पश्चिम सुर्खेतका बासिन्दा रोजगारका लागि भारततिर जाँदा विगतमा खोप छुटेकाले खोप लगाउन थालिएको हो । पञ्चपुरी, चौकुने, बराहताल पालिकाका बासिन्दा मौसमी रोजगारीका लागि भारततिर जाने गर्छन् । अहिले उनीहरू घर फर्कन थालेकाले पुनः खोप लगाउन लागिएको छ । चैत १ देखि ३ सम्म कोरोनाको पुनः खोप लगाइने जनाइएको छ ।
सात वर्षदेखि पुल अलपत्र
सिमकोट–हिल्सा सडकको हेक्पा खोलामा पक्की पुल निर्माण कार्य सात वर्षदेखि अलपत्र रहेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माणको सम्झौता भएको थियो । सो अवधिमा कामै सुरु नभएपछि आयोजनाले पहिलो पटक २०७६ सालमा म्याद थप गरेको थियो । हिल्सा–सिमकोट सडक आयोजनाले २०७४ साल साउन ६ गते सपना धुलिखेल जेभीसँग पुल निर्माण सम्झौता गरेको थियो । आयोजनाका प्रमुख बेलबहादुर नेपालीले पटक पटक गरी चार पटक उक्त पुल निर्माणका लागि म्याद थप गरिएको जानकारी दिनुभयो ।
मान्म–कोटवाडा केबुलकार डिपिआर तयार
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माणको लागत प्रतिवेदन सार्वजनिक भएको छ । कालीकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा मान्म–कोडवाडा केबुलकार सम्भाव्यता अध्ययन सम्बन्धी प्रतिवेदन माथि छलफल गदै लागत अनुमान सार्वजनिक गरिएको हो ।
कर्णालीको माछाले राम्रो आम्दानी
दक्षिणी क्षेत्रको कर्णाली नदी किनारमा बसोबास गर्दै आएका व्यवसायीले माछाबाट राम्रो आम्दानी गर्न थालेका छन् । नदीमा जाल हालेर दैनिक माछा मार्ने र त्यो बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडका होटल व्यवसायी जानबहादुर छन्त्यालले दैनिक नदीमा जाल हालेर पाँच केजीसम्म माछा पार्ने गरेको बताउनुभयो । हाल सर्केगाडमा माछाको मूल्य प्रतिकेजी आठ सय रुपियाँ पर्ने गर्छ । उहाँले दैनिक चार हजारसम्म जालमा परेका माछा बिक्री गरेर कमाइरहेको बताउनुभयो ।
विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि प्रदेश सरकारले ‘कर्णालीले जे बिक्री गर्छ, मूल्यवान चिज बिक्री गर्छ’ भन्ने नारालाई अंगिकार गरेको छ । यहाँ उत्पादित सबै खालका अन्नबाली र लत्ताकपडा अर्गानिकउपज हुन् भन्ने कुरा ‘लोगो’बाट पहिचान दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिनुभयो ।
सामूहिक खेती गर्दै मनाङी महिला
मनाङी महिलाले सामूहिक खेतीमा जुटेका छन् । नासोँ गाउँपालिका –१ ताल गाउँका महिला सामूहिक खेतीमा लागेका हुन् ।
एमाले हुम्ला अधिवेशन चैत २८ मा हुने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको जिल्ला अधिवेशन आगामी चैत २८ र २९ गते सदरमुकाम सिमकोटमा हुने भएको छ ।
सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा
पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको छ । एकै परिवारका सदस्यहरूमार्फत दुई सहकारी सञ्चालन गरी सर्वसाधारणको रकम दुरुपयोग गरेको पाइएपछि दुवै सहकारीमा रहेका एकाघर परिवारका ९ जना विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो ।
कानुन बनाउन ध्यान नदिएको गुनासो
बालबालिका, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका पक्षमा कानुन निर्माणमा कर्णाली प्रदेश सरकारले ध्यान नदिएको सम्बद्ध सरोकार पक्षले बताएका छन् । उनीहरूका लागि यथोचित बजेट विनियोजनमा समेत सरकारले ध्यान नदिएको आरोप सरोकार पक्षको छ । बालबालिका, महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित बजेट आर्थिक वर्षको अन्त्यमा रकमान्तरण गरी पहुँचका आधारमा अन्यत्र लगिने गरिएको पाइएको छ । गैरसरकारी संस्था महासङ्घ सुर्खेतद्वारा मङ्गलबार आयोजित कार्यक्रममा उनीहरूले प्रदेश सरकार आफ्नो सेवा सुविधा बढाउन मात्रै सक्रीय हुने तर जनताका हकहितका पक्षमा कानुन बनाउन अनुदार हुने गरेको बताएका हुन् ।
सेरावाडामा बेलिब्रिज
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडामा बेलिब्रिज निर्माणले गति लिएको छ । महावै गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्न सेरावाडास्थित तिला कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो । महावै गाउँपालिका–५ र खाँडाचक्र नगरपालिका–८ को सिमा क्षेत्र सेरावाडामा बेलिब्रिज निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । महावै गाउँपालिकालाई सडक सञ्जालमा जोड्नका लागि कर्णाली प्रदेश सरकारको सहयोगमा पुल बन्न लागेको हो । तिला कर्णालीमा पुल नभएकाले गाउँमा सडक निर्माण भए पनि महावैको सिधा सडक सम्पर्क छैन । बेलिब्रज बनेपछि गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना
छायानाथ रारा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना थालेको छ । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय मुगुको सहकार्यमा सचेतना थालिएको हो ।
बाढी प्रभावित मनाङे महिला सामूहिक खेती गर्दै
२०७८ को मर्स्याङ्दी नदीमा आएको बाढीले क्षतविक्षत पारेर भर्खरै बसेको बस्ती । अनि त्यही बस्तीको बाँचेको समथर जमिन । हो त्यही जमिनलाई सदुपयोग गरी सामूहिक खेती गर्दै छन् ताल गाउँका महिला । यसै पनि हिमाली भेगमा खेतीयोग्य जमिन कमै हुन्छ । भएका जमिन पनि भिरालो तथा पखेरामा हुन्छन् तर ताल गाउँको जमिन भने बगरमै भए पनि सम्म छ । यही सम्म परेको ठाउँमा नासोँ गाउँपालिका–१ ताल गाउँका महिला यति बेला सामूहिक खेतीमा व्यस्त छन् ।
रारामा कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठुलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको आयोजना गरिने भएको छ ।
हेल्प डेस्कमा हेल्प लिनेकै अभाव
सुर्खेतका दलित अगुवा तथा अधिकारकर्मीले केही समयअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सेवा लिन आउने दलित समुदायका लागि दलित हेल्प डेस्क स्थापना गर्न माग गरे । कार्यालयले महिला सेल परिसरमै हेल्प डेस्क पनि स्थापना ग¥यो तर स्थापना भएको डेढ वर्षको अवधिमा एक जनाले पनि त्यो डेस्कमा सेवा लिन नआएको पाइएको छ ।