• १८ मंसिर २०८१, मङ्गलबार

माटोको ढिस्कोले पुरिँदा चार जना घाइते

blog

फाइल तस्विर

बासुदेव शर्मा 

जाजरकोट, मङ्सिर १५ गते । जाजरकोटमा सडक स्तरोन्नतिको व्रmममा माटोको ढिस्को खसेर चार जना पुरिएर गम्भीर घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग हुँदै जुनीचाँदे गाउँपालिका २ देसीपाटा सडक खण्डमा स्तरोन्नतिको काम गरिरहेका कामदार माटोको ढिस्को खसेर पुरिएका हुन् । 

शनिवार विहान छेडागाड नगरपालिका २ सुयाडाबाट मजकोट जोड्ने सडकमा श्रम रोजगारी गर्नेव्रmममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

माटोको ढिस्कोले पुरिएर घाइते हुनेमा जुनीचाँदे गाउँपालिका २ का ३२ बर्षिय रामबहादुर वड, २५ बर्षिया निर्मला शाही, २२ बर्षिया फुलमाया लुहार, ३५ बर्षिय नरबहादुर वड गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पाण्डेले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार घटनापछि स्थानीय र प्रहरी टोलीले घाइतेलाई माटोको ढिस्कोबाट बाहिर निकालेपछि उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको छ ।