सहदेव बस्नेत
जाजरकोट, मङ्सिर १९ गते। जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका ९ नुवागाउँमा बुधबार साँझ ८ बजेतिर दुर्घटना भएको हो। भेरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद शर्माले दुर्घटनामा दुई जनाको मृत्यु भएको र अर्को एक जना घाइते भएको जानकारी दिनुभएको हो।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले दुर्घटनाको खबर पाए लगत्तै प्रहरी घटनास्थलतर्फ गएको जानकारी दिनुभएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।