प्रहरी चौकी चुहिने घरमा
जनताको सुरक्षामा खटिएका प्रहरी आफैँ पानी चुहिने घरमा बस्न बाध्य भएका छन्। उत्तरी चीनसँगको सीमाको यारी प्रहरी चौकीका प्रहरीहरू आफ्नै भवन नभएकाले भाडा लिएको माटोले छापेको घरमा बसेका छन्। प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताउनुभयो। चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेको छ। उहाँले यस्तो समस्या हरेक वर्ष प्रहरीले भोग्दै आएको बताउनुभयो। एकतले र माटोले छापेको घर भएका कारण पानी पर्दा एउटै कोठामा दसतिर पानी चुहिने समस्या भोग्नुपरेको उहाँको भनाइ छ।
सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार
जाजरकोटमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । नलगाड नगरपालिका ८ लुपानाकी २७ वर्षीया लक्ष्मी वलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
जुम्लामा पचास करोडको स्याउ उत्पादन
यस वर्ष जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन भएको छ । एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको जुम्लामा यस वर्ष स्याउको उत्पादन राम्रो भएको हो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष जुम्लामा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गर्नुभयो । अहिले जुम्लाको स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरी चौकी र जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ ।
पर्यटकको आगमनले तङ्ग्रिदै हुम्ला पर्यटन (फोटो फिचर)
पर्यटन क्षेत्रको ठूलो सम्भावना भएको हुम्ला पुनः पहिलेकै लयमा फर्किन थालेको छ । बिशेषगरी सदगुुरुसहितको टोली सिमकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा जान सुुरु गरेपछि धार्मिक पर्यटकले यो क्षेत्र चलायमान भएको हो ।
आफन्तबाटै जोखिममा पर्छन् बालिका
गत वर्ष कात्तिक २१ गते सुर्खेतकी सात वर्षीया बालिका सामूहिक बलात्कारको शिकार हुनुभयो । उहाँको बलात्कार मात्र होइन, निर्मम तरिकाले हत्या भयो । नाता पर्ने तीन जना दाजुभाइबाट उहाँ बलात्कृत हुनुभएको थियो । ती दाजुभाइले हत्या पछि बलात्कार गरेको प्रहरीको भनाइ छ ।
कर्णालीमा खेलकुद : खेलाडी छन्, बजेट र पूर्वाधार छैन
बजेट अभावका कारण गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटमा समस्या भइरहेको परिषद् पदाधिकारीको गुनासो छ ।
नल गाडको पिपल चौर पहिरोको उच्च जोखिममा
जाजरकोटको नलगाड नगरपालिका ४ को पिपल चौरका प्रेमबहादुर रावल ठुलो पानी परेको दिन रातभर सुत्न पाउनु हुन्न । पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौ रावलले भन्नुभयो, ‘पहिरोले बस्ती नै जोखिममा छ । बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो ।
एक दुई दिनमा सिट सङ्ख्या टुङ्ग्याउछौँ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय चुनावमा चितवन क्षेत्र नम्बर–३ बाट चुनाव लड्ने बताउनुभएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएका उहाँले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले साे कुरा बताउनुभएको हो ।
बाढी प्रभावित परिवार शिविरमै
कर्णाली प्रदेश सरकारले सुर्खेतको वराहताल गाउँपालिकाको गिरीघाटमा बस्दै आएका बाढीपीडितलाई पुनस्र्थापनाका लागि राहत वितरण गरेको एक वर्षभन्दा बढी भयो। गिरिघाटमा बस्दै आएका बाढी प्रभावितले अझै उक्त स्थान छाडेका छैनन्। सरकारले पुनस्र्थापनाका लागि विभिन्न चरणमा राहत उपलब्ध गराए पनि बाढी प्रभावित परिवारले अस्थायी शिविर नछाडेका हुन्। कर्णाली प्रदेश सरकारले दिएको न्यून राहत रकमले पुनस्र्थापना हुन नसकेको प्रभावितले बताएका छन्। २०७१ को बाढीका कारण विस्थापित भएका वराहताल गाउँपालिका–२ का १२५ घरधुरी अहिले पनि सामुदायिक वन क्षेत्रमा बसिरहेका छन्। त्यतिबेला गाउँपालिकाका २५९ परिवार बाढीबाट विस्थापित भएका थिए। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार त्यसमध्ये प्रक्रिया पूरा गरेर १५४ घरधुरीले तीन चरणमा गरी राहत रकम पाइसकेका छन्। तर हालसम्म २९ परिवारले मात्रै उक्त ठाउँ छाडेका बताइएको छ।
गाउँगाउँमा बीमा विस्तार गर्न आग्रह
अर्थमन्त्री जनार्दन शर्माले बीमाको सेवालाई गाउँगाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बिहीबार सुर्खेतमा बीमा समितिको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश जनता बीमाको सेवाबाट वञ्चित रहेको बताउँदै सबैको पहुँच हुने गरी बीमा सेवा विस्तार गर्न निर्देशन दिनुभयो । उहाँले बीमा सेवा सहरबजारमा सीमित नभई गाउँगाउँसम्म पु-याउनुपर्ने बताउनुभयो ।
ताक्चीबाट भारतीय पर्यटकको उद्धार
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दुर दर्शन गर्न ताक्ची पुग्नु भएका एक जना भारतीय धार्मिक पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । नाम्खा गाउँपालिका–६ लिमीको ताक्चीमा अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई हेलिकोप्टरबाट सिमिकोट उद्धार गरिएको हो ।
डाक्टर साहविरुद्ध बाल हिंसाको मुद्दा दर्ता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ ।
मनमोहक शंख दह ताल
प्रसिद्ध धार्मिक तीर्थस्थल साईकुवारीस्थित पदयात्राको बीचमा पर्ने शंख दह ताल ।
सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सम्मानित
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही सम्मानित हुनुुभएको छ । लामा साँस्कति मञ्च हुुम्लाले मुख्यमन्त्री शाहीलाई सम्मानित गरेको हो । मञ्चका सदस्य राजबहादुुर लामाले मुख्यमन्त्री शाहीले सामाजिक विकासमा गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको बताउनुुभयो ।
बीमाको पहुँच गाउँ–गाउँमा पुर्याउनुहोस्: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच पु¥याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । बीमा समितिको कर्णाली प्रादेशिक कार्यालयको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभयो ।
प्रभावकारी भएन न्यायिक समिति
पाँचवर्षे कार्यकाल हेर्दा न्यायिक समितिप्रति नागरिकको भरोसा घट्दो छ। अघिल्लो कार्यकालमा कतिपय न्यायिक समितिले कर्मचारीसमेत पाएनन्। प्रस्ट बजेट र कार्यक्रम नहुनुले पनि कठिनाइ भएको न्यायिक समितिका निवर्तमान संयोजकहरूले बताएका छन्। उनीहरूका अनुसार इजलास, मनोसामाजिक परामर्शदाता र गोप्यकक्षको अभाव छ। विवाद समाधानको विधि बुझाउन समस्या भएकाले पनि सोचेअनुरूप काम गर्न नसकिएको बताइएको छ। कानुनी भाषाको सिकाइ र समस्या समाधानका विधि पनि प्रभावकारी बन्न सकेका छैनन्। कतिपय न्यायिक समितिका लागि विनियोजन गरिएको बजेट रकमान्तर गरेर अन्यत्रै खर्चसमेत गरियो। सकभर बजेट नै नछुट्याउने र भएको बजेट पनि रकमान्तर गर्ने प्रवृत्ति देखिएको बताइएको छ।
कर्णाली ५५ प्रतिशत मात्र खर्च
जिल्लाका प्रदेश मातहतका कार्यालयले समयमै कार्यक्रम सञ्चालन नगरिदिँदा आर्थिक वर्ष २०७८/०७९ मा ५५ प्रतिशत मात्र खर्च भएको छ । कर्णाली प्रदेशका मन्त्रालयले जिल्लाका प्रदेश मातहतका कार्यालयलाई समयमै कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधिको तयारी सम्बन्धी समस्या देखाएर जिल्लाका प्रदेश कार्यालयहरूले उपभक्तको काम समयमै सम्पन्न हुन नसकेको हो ।
व्यापारीको सामान बोक्न प्रयोग हुँदै सरकारी मोटरसाइकल
कालीकोटको स्थानीय तहले खरिद गरेका सरकारी सवारी साधन ब्यक्तिगत प्रयोगमा रहेको पाइएको छ । पलाँता गाउँपालिकाले खरिद गरेको मोटरसाइकल ब्यापारीको समान ढुवानीमा प्रयोग भएको स्थानीयको भनाइ छ ।
दोहोरो झडपमा परी मृत्यु
हरितालिका तीजका अवसरमा भएको नाचगान रमाईलो हेर्न गएका एक युवाको वीरेन्द्रनगरमा दोहोरो झडपमा परी मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बामेखोलामा मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको दोहोरो झडपमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णालीका प्रहरी संरचना लुम्बिनीमा
कर्णाली प्रदेशमा प्रहरीका संरचना स्थापना नहुँदा अपराध अनुसन्धानदेखि प्रहरी परिचालन, प्रशिक्षण, तालिमलगायतका कार्य प्रभावित भएका छन्। प्रदेशमा हस्तान्तरण गरिएका संरचना प्रदेशमै स्थापना नहुँदा आर्थिक भार बढ्नुका साथै अपराध अनुसन्धानलगायतका कार्य प्रभावित भएका छन्। कर्णालीमा स्थापना हुनुपर्ने कतिपय प्रहरी संरचना लुम्बिनीबाट स्थानान्तरण नहुँदा समस्या भएको हो।
सुनमाया फ्रान्समा उपविजेता
फ्रान्समा हालै भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किमि दौडमा नेपालकी सुनमाया बुढामगर दोस्रो हुनुभएको छ ।
त्रिवेणीदेखि बडिमालीकासम्मको यात्रा (फोटो फिचर)
बडिमालिका माईको थाकथलोमा जान कालीकोट र बाजुरा जिल्लाको सीमा स्तम्भ भएको लैडिबिनायकसम्म मानव लस्करले सुन्दर पाटन झन् सुन्दर देखिने गर्दछ । बाजुरा जिल्लाका भक्तजनहरु पनि त्रिवेणीमा आएर स्नान गर्नुपर्ने अनिवार्य जस्तै छ । शुद्ध हुन त्रिवेणीमा आउने स्नान गर्ने, पुजारीले त्रिवेणीमा सबै धातुले बनेको गजुरलाई नुहाउने चलन छ ।
दुई विद्यालय र छ वटा कक्षा समायोजन
सिमकोट गाउँपालिकाले आफ्नो कार्य क्षेत्र भित्रका छ वटा विद्यालयका कक्षा र दुुई वटा विद्यालयलाई समायोजन गरेको छ । शिक्षक भएपनि बिधार्थी सङ्ख्या ज्यादै न्यून भएपछि ती विद्यालय र कक्षा समायोजन गर्ने निष्कर्षमा गाउँपालिका पुुगेको हो ।