• १३ असोज २०८१, आइतबार

नल गाडको पिपल चौर पहिरोको उच्च जोखिममा

blog

जोखिममा रहेको नल गाडको पीपल चौर बस्ती । तस्बिर.सहदेव बस्नेत

जाजरकोट, भदौ १८ गते । जाजरकोटको नलगाड नगरपालिका ४ को पिपल चौरका प्रेमबहादुर रावल ठुलो पानी परेको दिन रातभर सुत्न पाउनु हुन्न । पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौ रावलले भन्नुभयो, ‘पहिरोले बस्ती नै जोखिममा छ । बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो । 

पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताउनु भएको छ । कालीमाटी सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा  परेको गौतमको भनाई छ । पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठुलो क्षति पुग्ने छ, ।

पहिरो रोकथाम तथा नियन्त्रण तर्फ कतैबाट पनि पहल हुन सकेको छैन पिपल चौरका राजेन्द्र रावलले बताउनु भयो । यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा छ, रावलले भने । पहिरोले गर्दा यहाँका मान्छेहरू त्रासमा छन् ।

वडा अध्यक्ष बद्री पन्तले पहिराको कारण स्थानीयको घर र जग्गा निकै जोखिम भइसकेको बताउनु भयो ।  यो सबै जथाभाबी सडकको कटानको कारण भएको अध्यक्ष पन्तको भनाई छ । यो रोकथाम र नियन्त्रण कसरी हुन्छ सबैले एक पटक सोचौँ, जालीको व्यवस्थापन गर्न सकेमा बस्ती जोगाउन सकिन्छ कि नत्रभने गाह्रो छ पन्तको भनाई छ । 

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले वडा तथा नगर सरकारले पिपल चौर पहिरोको विषयमा आवश्यक पहल गर्ने बताउनु भयो । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समेत माग गर्ने प्रमुख रावतको भनाई छ ।

Author

सहदेव बस्नेत